दिपक बोहोरा । माघ ११ गते राष्ट्रिय सभा चुनाव हुँदैछ ।नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि २० फागुन ०८० समाप्त हुन लागेको र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुसार माघ ११ गते चुनाब हुन लागेको हो ।
कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि अन्य र महिला क्लस्टर गरी दुई सिटमा चुनाव हुँदैछ । कोशीमा सत्ता गठबन्धनका तर्फबाट अन्यमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्की उम्मेदवार छन् ।उता, एमाले र राप्रपाको पनि राष्ट्रसभाको चुनाबमा मिलेर जाने सहमति भएको छ । राप्रपाका संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाका अनुसार कोशीमा एमालेले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई सघाउने भएको छ ।यस्तै राप्रपाले भने एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई सघाउने भएको छ ।
निर्वाचन ऐन, २०७५ मा राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने निर्वाचन मण्डलको मतभारको व्यवस्था रहेको छ ।
मतभार कायम गर्दा पछिल्लो राष्ट्रिय जनगणनाअनुसार कूल जनसंख्यालाई आधार मानेर कायम गर्ने प्रावधान छ ।हालै राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक भएकाले त्यसबमोजिम मतभार तोकिएको हो ।उक्त प्रतिवेदनअनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतभार १९ कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।
आठ स्थानिय तह रहेको पाँचथरमा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको ३०४ मतभार रहदा ४ जना प्रदेश सदस्यहरुको २१२ मतभार गरि पाँचथरको जम्मा ५१६ मतभार रहेको छ ।
जसमा, काँग्रेस सँग ६ जना पालिका अध्यक्ष (फिदिमका मेयर सहित) र एक उपाध्यक्ष गरि जम्मा १३३ मतभार रहेको छ ।काँग्रेसको प्रदेश सदस्य मैया श्रेष्ठको ५३ मतभार जोड्दा काँग्रेस सँग पाँचथरमा १८६ मतभार रहेको छ । नेकपा माओबादि केन्द्र सँग १ पालिका अध्यक्ष र ५ जना उपाध्यक्ष ( फिदिमका उपमेयर सहित) गरि जम्मा ११४ मतभार रहेको छ ।प्रदेश सदस्य इन्द्रबहादुर आङबोको ५३ मतभार जोड्दा माओबादिको १६७ मतभार रहेको छ ।
नेकपा एमालेको १ पालिका अध्यक्ष र २ उपाध्यक्ष गरेर जम्मा ५७ मतभार रहेको छ ।एकिकृत समाजबादि र राप्रपाका एक एक प्रदेश सदस्य रहदा उनिहरुको ५३/५३ मतभार रहेको छ । यसरि हेर्दा पाँचथरमा सत्ता गठबन्धन सँग ४०६ मतभार र एमाले राप्रपा सँग एमालेको ५७ र राप्रपाको ५३ गरेर जम्मा ११० मतभार रहेको छ ।