पाँचथर– फिदिममा सम्पन्न छैठौँ सुम्हालुङ मिनि म्याराथुनमा नेपाल आर्मीका धावक श्रीकास राई प्रथम भएका छन् । निर्धारित दुरी २७ मिनेट ५६ सकेण्डमा पार गर्दै उनी विजेता बनेका हुन् ।
फिदिम–४ गडी स्थित सुम्हालुङ मन्दिर परिसरबाट क्याम्पसमोड, जोरसाल, पल्लोटार, शनिवारे हुदै पुनः सोहि परिसको ९ किलोमीटरको दुरी धावकहरुले पार गरेका थिए । २८ मीनेट ३ सकेण्डमा दुरी पार गर्दै शसस्त्र प्रहरीका निरज भट्टले दोश्रो स्थान हासिल गरे । २८ मीनेट १४ सकेण्डमा दुरी पार गर्दै शसस्त्रकै राजेन्द्र तामाङले तृतिय स्थान हासिल गरे ।
प्रतियोगितामा प्रताप तामाङ, दिपेश थाम्सुहाङ, भिया लिम्बु, सञ्जय राई, रमेश लिम्बु सान्तवाना भए । प्रथमले ३० हजार रुपैँया नगद र ट्रफि प्राप्त गरे भने, द्धितियले २० हजार नगद र ट्रफि तथा तृतियले १० हजार रुपैँया नगद र ट्रफि पाए । फिदिम नगरपालीकाका मेयर मित्रप्रसाद काफ्ले सहितले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा ४० जना धावकको सहभागिता थियो । महिलापनि सहभागि थिए । महिला तर्फको पनि विजेता छनौट गरीएको छ ।
महिला तर्फ भोजपुरकी जुलि राई प्रथम भएकी छन् । उनले ३८ मिनेट १९ सेकेण्डमा दुरी पार गरेकी थिइन् । ३८ मिनेट ४१ सकेण्डमा सो दुरी पार गर्दै जहि राई द्धितिय, ३९ मिनेट ११ सकेण्डमा दुरी पारगर्दै विनिता राई तेश्रो र कल्पना राई सान्तवना भईन ।
आर्मीका श्रीकास राईले जिते सुम्हालुङ म्याराथुन
आर्मीका श्रीकास राईले जिते सुम्हालुङ म्याराथुन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस