पाँचथर । तेह्रथुमको फुटबल टोलीले आज पाँचथरको ठुलो प्रतियोगितामा डेब्यु गर्दै छ । किराँत गोल्डकप प्रतियोगिता आयोजक पाँचथर फुटबल क्लब सँग खेल खेल्दै तेह्रथुमको मितेरी क्लबले पाँचथरको ठुलो र स्तरीय प्रतियोगितामा डेब्यु गर्न लागेको हो ।तेह्रथुम जिल्लाले पहिलोे पटक पाँचथरको ठुलो फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ । तेह्रथुमले यस अघि पाँचथरका प्रतिष्ठीत फाल्गुनन्द गोल्डकप, पाँचथर गोल्डकप जस्ता ठुलो प्रतियोगितामा खेल्ने अवशर पाएको थिएन्।
पहिलो पटक ठुलो प्रतियोगितामा सहभागि हुन पाउदा खुसि लागेको क्लबका अध्यक्ष टासी लामाले केन्जोखबर लाई बताए । “हामिल अबशर पाएका छौं यसलाई भरपुर सदुपयोग गर्नेछौं ।” लामाले भने लामाको अनुसार प्रतियोगितामा प्रतिस्पर्धा गर्न टिम पनि मेहनत गरेको निर्माण गरेको बताए । पहिलो सहभागितामा आफुलाई अब्बल साबित गर्ने सुरमा आफुहरु रहेको लामाको दाबि छ । ए डिभिजन लिगको अनुभब बटुलिसकेका खेलाडीहरुलाइ समेटेर टिम निर्माण गरेको उनले बताए ।
नेपाल सुपर लिग नखेलेका बिदेशि खेलाडी पेपे र ग्लोरी सहित अन्य बिदेशि खेलाडी टिममा रहेकाले टिम राम्रो रहेको लामाले बताए । ए डिभिजन क्लब मच्छिन्द्र क्लब र जाबलखेल युथ क्लबबाट खेल्ने खेलाडीहरु हुँदा मितरीको लक्ष्यनै उपाधि रहेको लामाले बताए ।