पाँचथर । आजबाट पाँचथरको ठुलो राशिको फुटबल प्रतियोगिता प्रथम किराँत गोल्डकप सुरु हुँदै छ । ४ वर्ष पछि फिदिम मा.बिको खेलमैदानमा फुटबल प्रतियोगिता आयोजना हुँदा फिदिमे फुटबलप्रेमिहरु प्रथम किराँत गोल्डकपको हर्षित छन् ।एकतिर लामो समयको प्रतिक्षा पछि फिदिमे दर्शकले फुटबलको माहोल पाउदै गर्दा सहभागि टिमहरुले कस्तो खेलाडी ल्याउने हुन भन्ने चिया गफ समेत सुरु भएको छ ।
काठमाण्डौं मा भइरहेको नेपाल सुपर लिगले गर्दा पनि कुन टिममा कस्तो खेलाडीहरु सहभागी हुन्छन् अनुमान गर्न गाह्रो छ । नाम चलेका र राम्रा भनिएका खेलाडीहरु काठमाण्डौंमा रहँदा पाँचथरमा आउने खेलाडीहरुको अनुमान गर्न गाह्रो भएको एक फुटबल समर्थकले बताए ।
निकै लामो समयमा भोली मंसिर १६ गते फिदिममा ‘ किँरात गोल्डकप ’ को प्रथम संस्करण सुरु हुँदैछ । किराँत गोल्डकपमा ८ वटा क्लबले प्रतिस्पर्धा गर्नेछन् । धेरै पछि फिदिम माबिको खेलमैदानमा फुटबल फर्किदा पाँचथरे फुटबल फ्यानहरू उत्साहित छन् ।
‘ए’ डिभिजनमा क्लबबाट फुटबल खेलिसकेका र र्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गरेका खेलाडीको आगमनले मंसिर १६ बाट पाँचथरे फुटबलमा पुनः पुरानै क्रेज फर्कनेमा पाँचथरे फुटबल प्रेमिहरु विश्वस्त छन् । फुटबलमा चासो दिने र र्राष्ट्रिय क्लब फुटबल नियमित हेर्ने फ्यानहरूको लागि किराँत गोल्डकप आउने स्तरीय खेलाडी सुखद समाचार हुन् । स्तरीय खेलाडी पाँचथरमानै आएर खेल्दा पक्कै खेल पनि स्तरीय हुने पाँचथरका फुटबल फ्यानहरुको विश्वास छ ।
यस अघि ए डिभिजन लिगमा देखा पर्ने गरेका नाईजेरिया, इथोपिया लगायत देशका खेलाडी साथै नेपालको ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका नेपालका चर्चित खेलाडीहरू पनि हुने अपेक्षा यहाँका फुटबल समर्थकहरुको छ । ए डिभिजन लिगमा अनुभव बटुलिसकेका खेलाडीहरूसँग खेलेर यो पटक स्थानिय खेलाडीहरूलाई पनि खेलबारे थोर बहुत बुझ्न सक्नेमा आयोजक विश्वस्त देखिएको छ । यस प्रतियोगिताले पाँचथरे फ्यानको आकर्षण बढ्ने देखिएको छ ।
प्रतियोगितामा ए डिभिजन क्लब हिमालयन शेर्पा क्लब सहित ८ टोलीको सहभागिता रहने छ । शेर्पासँगै, दार्जलिङ एफसी भारत, कणर्सिंह सोनाम स्मृति फुटबल क्बल ताप्लेजुङ, विर्तामोड युनाईटेड झापा, डिएफसी मोरङ, रेडहर्स क्लब इलाम, मितेरी फुटबल क्बल तेह्रथुमले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
१. पाँचथर फुटबल क्लब, पाँचथर
पाँचथर फुटबल क्लबले स्थानिय खेलाडीहरुलाईजै जोड दिएर टिम निर्माण गरेको आयोजकले जनाएका छन् । पाँचथरको प्रतियोगितामा यहाँकै स्थानिय खेलाडीहरुलाई अवशर दिदै र यहाँको खेलाडीहरुलाई प्रोत्साहनको गर्ने आयोजकले बताए । टिमलाई मजबुत बनाउज टोलीमा १,२ जना खेलाडी बाहिरको हुन सक्ने आयोजकले बताए ।
२. कणर्सिंह सोनाम स्मृति फुटबल क्बल, ताप्लेजुङ
कणर्सिंह सोनाम स्मृति फुटबल क्बल ताप्लेजुङ फिदिमको खेलमैदानको लागी नयाँ टिम होइन । छिमेकि जिल्लाको क्लबले फाल्गुनन्द गोल्डकप र पाँचथर गोल्डकपमा सहभागिता जनाइसकेको छ । केहि प्रतियोगितामा फाइनल सम्मको यात्रा समेत गरेको थियो । ताप्लेजुङले पनि स्थानिय र बाहिरका राम्रा खेलाडी समेटेर टिम निर्माण गरेको बताइएको छ ।
३. विर्तामोड युनाईटेड, झापा
विर्तामोड युनाइटेड क्लब झापा, पाँचथरमा सर्वाधिक सफल क्लब हो । विर्तामोड युनाईटेड, झापाले पाँचथरका दर्जनौ. प्रतियोगिताहरुको उपाधि जितेको छ । बिर्तामोड पाँचथरको मैदानमा परिचित फुटबल क्लब हो । पाँचथरका फाल्गुनन्द गोल्डकप, पाँचथर गोल्डकप जस्ता प्रतियोगिताको उपाधि जितिसकेको विर्तामोड युनाईटेड झापा फिदिममा हुने प्रतियोगिताको सदबहार उपाधिदाबेदार टिम हो । बिर्तामोड युनाईटेड उत्कृष्ट खेलाडीहरुको साथमा उपाधि जित्ने लक्ष्यका साथ पाँचथर आउने बिर्तामोड युनाइटेडले बताएको छ ।
४. डागीहाट फुटबल क्लब ( डिएफसी), मोरङ
डागीहाट फुटबल क्लब मोरङ पनि फिदिमको मैदानमा परिचित टिम हो । मोरङको टिम पनि पाँचथरमा उपाधिदाबेदार टोलीको रुपमा रहँदै आएको छ । माेरङ पूर्वकाे फुटबल पावरहाउसनै भएकाले माेरङकाे टिम राम्राे हुने अनुमान गरिएकाे छ ।
५. रेडहर्स क्लब, इलाम
रेर्डहर्स इलामले गत भदैमा पटक ताप्लेजुङ गोल्डकपको उपाधि जितेको थियो । त्योबेला ए डिभिजन खेलेका र राष्ट्रिय टिमबाट समेत खेलिसकेका खेलाडीहरुले रेर्डहर्स इलाम निकै बलियो थियो । त्यो बेला इलामबाट खेलेका केहि खेलाडी बिदेश पलायन भए भने केहि खेलाडी काठमाण्डौं जारी नेपाल सुपर लिग खेलिरहेका छन् ।इलामले पनि स्थानिय खेलाडी सहित मौफसलमा चलेका खेलाडीहरुलाई समेटेर टिम निर्माण गरेको बताइएको छ ।
६. हिमालयन शेर्पा क्लब ,काठमाण्डौं
ए डिभिजन क.क्लब किराँत गोल्डकपमा सहभागी मध्येको सबै भन्दा माथिल्लो क्लब हो । गत ए डिभिजन लिगमा ११ औं स्थानमा अर्थात अन्तिमबाट चौथो स्थानमा रहदै लिग सम्पन्न गरेको टिम हो । अहिले यस क्लबका अधिकांश खेलाडीहरु काठमाण्डौं जारी नेपाल सुपर लिग खेलिरहेका छन् । केहि आफ्ना र मोर, सुनसरीबाट खेल्ने खेलाडीहरु समेटेरी हिमालय शेर्पा क्लब फिदिममा खेल्ने अनुमान गरिएको छ ।
७. मितेरी फुटबल क्बल, तेह्रथुम
यस प्रतियोगिताको सबै भन्दा अन्जान टोलिनै मितेरी फुटबल क्बल हो । मितेरी फुटबल क्बलले सहभागिता जनाएको ठुलो प्रतियोगितानै किराँत गोल्डकप हो । तर, तेह्रथुम पहिलो सहभागितामा आफुलाई अब्बल साबित गर्ने मुडमा छ । ए डिभिजन लिगको अनुभब बटुलिसकेका खेलाडीहरुलाइ समेटेर टिम निर्माण गरेको मितेरी क्लब ले जानकारी दिएको ट । नेपाल सुपर लिग नखेलेका बिदेशि खेलाडी पेपे सहित अन्य बिदेशि खेलाडी टिममा रहेको बताइएको छ । ए डिभिजन क्लब मच्छिन्द्र क्लबबाट खेल्ने खेलाडीहरु समेत मितेरीमा रहेको बताइएको छ ।
८ .दार्जलिङ एफसी, भारत
दार्जिलिङ युनाइटेडबाट उत्कृष्ट खेलाडीहरुको टिम आउने अपेक्षा आयोजक सँग छ । दार्जिलिङ युनाइटेडमा भारतीय लिग खेलेका राम्रा खेलाडीहरु आउन सक्ने अनुमान आयोजक लिएका छन् ।