पाँचथर । जिल्लाकै ठुलो राशिको ‘प्रथम वाईवाई अन्तराष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगिता’ आजबाट सुरु हुँदैछ ।
सदरमुकाम फिदिमस्थित फिदिम माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर फुटबल क्लबसँग तेह्रथुमको मितेरी फुटबल क्बलबीच प्रतिस्पर्धा गर्ने छ ।
पाँचथर फुटबल र मितेरी क्लब बिचको खेल प्रतिप्रर्धात्मक हुने अनुमान गरिएको छ । पाँचथर फुटबल क्लबले स्थानिय खेलाडीहरुलाईजै जोड दिएर टिम निर्माण गरेको आयोजकले जनाएका छन् । पाँचथरको प्रतियोगितामा यहाँकै स्थानिय खेलाडीहरुलाई अवशर दिदै र यहाँको खेलाडीहरुलाई प्रोत्साहनको गर्ने आयोजकले बताए । टिमलाई मजबुत बनाउज टोलीमा १,२ जना खेलाडी बाहिरको हुन सक्ने आयोजकले बताए ।
उता, मितेरी फुटबल क्बलले सहभागिता जनाएको ठुलो प्रतियोगितानै किराँत गोल्डकप हो । तर, तेह्रथुम पहिलो सहभागितामा आफुलाई अब्बल साबित गर्ने मुडमा छ । ए डिभिजन लिगको अनुभब बटुलिसकेका खेलाडीहरुलाइ समेटेर टिम निर्माण गरेको मितेरी क्लब ले जानकारी दिएको ट । नेपाल सुपर लिग नखेलेका बिदेशि खेलाडी पेपे, ब्लोरी सहित अन्य बिदेशि खेलाडी टिममा रहेको बताइएको छ । ए डिभिजन क्लब मच्छिन्द्र क्लबबाट खेल्ने खेलाडीहरु समेत मितेरीमा रहेको बताइएको छ ।
प्रतियोगिता दिनको १२ बजेबाट सुरु हुने आयोजक पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग मगरले जानकारी दिए । प्रतियोगितामा बिजेता हुने टिमले चार लाख चार हजार चार सय ४४ रुपैँया र दोस्रो हुनेले दूई लाख दूई हजार दूई सय २२ रुपैँया प्राप्त गर्नेछन् ।