पाँचथर– पूर्वी पहाडका किसानलाई धान थन्काउने चटारो छ । किसानहरु ठाँउ अनुसार कार्तिक– मंसिरमा धान, पराल थन्काएर ढुक्क हुने गर्छन् ।
कतै धान काट्दै गरेको, कतै दाँइ गर्दै गरेको देख्न पाईन्छ । धान थन्काई रहेको फाँटमा गएर हेर्नेहो भने खेती गर्ने क्रम घट्दै गएको देखिन्छ । कतै जंगल बनाएको देखिन्छ भने कतै खेत बाझैँ देखिन्छ ।
पाँचथरको खुङ्खोला आसपासका बेसीमा पनि यस्तै देखिन्छ । कृषक टेकबहादुर हाङसुरुम्बाका अनुसार अहिले जंगल बढेका ठाँउमा पनि पहिले खेत थियो । ‘तलतल त खेत बाझिएको छ । पारि जंगल भएका ठाँउमा पनि धान खेती हुन्थ्यो’ उनले भने ‘गाँउमा काम गर्ने मान्छे छैन् । अहिले त सिचाई पनि पुग्न छाड्यो ।’
उनको कुरालाई यहिका भुवन जवेगुको कुरापनि थप पुष्टि गर्छ । ‘गाँउका युवा विदेश र सहर तिर छन् । काम गर्ने मान्छे छैन् । धानले केहि समय खानमात्र पुग्छ’ जवेगुले भने ‘मैले थहा पाउदा देखि धान खेती हुने ठाँउमा कि जंगल छ कि बाझैँ छन् ।’
गाँउमा काम गर्ने युवाको अभाव छ । कतिपय ठाँउमा धानको साटो अलैची तथा जंगल लगाउने क्रम बढ्न थालेको छ । सिचाई सुविधा लगायतको अभावमा धान खेती घट्दै गएको पाईन्छ ।
पाँचथरका खुङखोला, निबुखोला, नाँवा खोला लगायतका बेसीमा धेरै खेती हुन्छ । तर बर्षेनी खेती गर्ने क्रम घट्दै छ । युवाहरु खेतीमा आर्कषण घट्दै गएको देखिन्छ । गाँउमा काम गर्नेकै अभाव हुने स्थीति छ । कतिपयले केहि बर्ष अगाडी राम्रा आम्दानीका लागि अलैची खेती लगाएका थिए । अहिले अलैचीको उत्पादनपनि राम्रो छैन् ।
तराईमा उत्पादन भएको चालमको प्रयोग बढ्दै गएको छ । विगतमा धान, पराल बेच्न्ेहरु अहिले थोरैमात्र खेती गर्छन् । मुरीका मुरी धान फलाउनेहरु चामल किन्न थालेका छन् । विभिन्न ठाँउमा हेरीरहुँ लाग्ने फाँट छन् । तर यि फाँटका छेउछाउमा कि जंगल भेटिन्छ त कि बाझैँ छन् । सिचाईको पनि समस्या हुन थालेको किसानको भनाई छ । सुन्दर फाँटहरु विस्तारै बाझै हुने हो भन्ने पिरलो छाउन थालेको छ । सरकारले खास कृषकलाई प्रोत्साहन गर्न सकेको देखिदैन भने कृषि पेशामा आर्कषण घट्दो छ । यसको असर धान खेतीमा छ ।
रैथाने धान खेती नै बढि हुन्छ । विगतमा बर्षभरी पुग्ने धान थन्काउनेहरुकामा पनि पछिल्ला बर्ष कम धान फल्छ । ठुला फाटमा अधिया, कुतमा खेत कमाउन दिने गरिन्छ प्रमुख खाद्यान्न बालि धानको खेती एक दशक भन्दा अघिदेखि घट्दै गएको देखिन्छ । धान खेती बर्षेनी घट्दै गएको पाईन्छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्क हेर्दापनि यो बर्षमात्र करिब ३ सय हेक्टर कम खेतमा धान खेती भएको छ ।
ज्ञान केन्द्रका बालि संरक्षण अधिकृत केशर मंग्रान्तीका अनुसार पाँचथरमा यो बर्ष ८ हजार ९ सय २६ हेक्टर धान खेती भएको छ । अघिल्लो सालभन्दा २ सय ७६ हेक्टर घटेको छ । धान खेती बर्षेनी घट्दै गएको पाईएको उनले बताए ।
पहाडमा घट्दै धान खेती
पहाडमा घट्दै धान खेती
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस