पाँचथर– निक्कै कठिन जित निकाल्दै आयोजक साझा युवा क्बलले पाँचथरको फिदिम नगरपालीका–३ लालिखर्कमा आयोजना भएको लालिखर्क गोल्डकपको उपाधी जितेको छ ।
खेलअवधिमा दुबै टिमले गोल गर्न नसक्दा खेल ट्राईब्रेकरमा पुगेको थियो ।
सडन डेथमा वाईसिएल पाँचथरको टिमलाई हराउँदै आयोजकले उपाधि कब्जा गरेको हो । ६–५ गोल अन्तरले आयोजकले विजयी भएको हो ।
विजेता टिमले १ लाख १ हजार रुपैँया नगद र ट्रफि प्राप्त गरेको छ । पूर्व मन्त्रि तथा नेकपा (माओवादी) केन्द्र कोशि प्रदेशका संसदिय दलका नेता इन्द्र बहादुर आङ्बोले विजेता टोलिलाई पुरस्कार प्रदान गरेका थिए । खेलकुदका माध्यमबाट समाजमा सकारात्मक सहयोग पुग्ने उनको भनाई थियो ।
प्रतियोगिता उपविजेता वाईसिएलले ५५ हजार ५ सय ५५ रुपैँया नगद र ट्रफिमा चित्त बुझाउनु परेको थियो । खेलाडीहरुलाई विधागत पुरस्कार पनि दिइएको थियो । सोमबारबाट सुरु भएको प्रतियोगितामा इलाम, झापा, काठमाण्डौँ सहितका आठ टिमको सहभागिता रहेको थियो ।