पाँचथर । सहयोगि कर्मचारी कुटपिट गरि घाइते बनाउने याङवरक गाँउपालिकाका प्रशासयकी अधिकृतलाई बचाउन गाउँपालिका अध्यक्ष र उपाध्यक्ष खुलेर लागेका छन् ।
सोमबार गाउँपालिकाको लेटप्याडमा सहयोगि कर्मचारी कुटपिट गर्ने हाकिमको बचाउ गर्दै अध्यक्ष भीम बहादुर योङ्या र उपाध्यक्ष बाबा मेयाङ्बोले विज्ञाप्ती जारि गरेक छन् । आइतबार कार्यालय सहयोगी छत्रप्रसाद सुवेदीमाथि लिङदेनले निर्घात कुटपिट गर्दा सुबेदिको आँखामा गम्भीर चोट लागेको छ । कुटपिटबाट सुवेदीको दायाँतर्फको आँखामा चोट लागेको छ । सुबेदीले जिल्ला अस्पताल पाँचथरमा उपचा गराएका थिए ।
अधिकृतको अनैतिक सम्बन्ध बाहिर आउने खतरा देखेपछि घटनालाई सामसुम पार्न पालिकाले प्रयत्न गरेको हो । अधिकृतले स्पष्टिकरण दिनु पर्ने विषयमा पालिकाका अध्यक्ष र उपाध्यक्षले स्पष्टिकरण दिएका छन् । पालिकाले बिज्ञप्ति जारी गर्दै घटना सामान्य रहेको उल्लेख गरेको छ । अध्यक्ष भीम बहादुर योङ्या र उपाध्यक्ष बाबा मेयाङ्बोद्वारा हस्ताक्षरित बिज्ञप्तिमा दुई कर्मचारीबीच समान्य बिवाद भएको बिषयलाई अतिरञ्जित गर्न खोजिएको उल्लेख छ ।
‘गम्भिर कुटपिट नभएको र दुई पक्षबीच सहमति भइसकेकाले टिका टिप्पणी गरी सिङ्गो गाँउपालिकाको अस्तित्व, स्वभिमान, कार्यसम्पादन, कर्मचारी प्रशासन लगायतका बिषयमा प्रश्न खडा नगरिदिन अनुरोध छ,’ बिज्ञप्तिमा भनिएको छ ‘घटनालाई अतिरञ्जित गरी कर्मचारी र गाँउपालिकाको मानमर्दनमा आँच आउने गरी सञ्चार माध्यममा भ्रामक समाचार सम्प्रेषण नगर्न अनुरोध छ ।’