पाँचथर– गाडीले किचेर भागेको २० दिन बितिसक्दा पनि प्रहरी पत्ता लगाउन नसक्दा पाँचथरको फिदिम–३ का ६८ बर्षिय पदम बहादुर मुखियाको उपचारमा परिवारलाई खर्च जुटाउन समस्या भईरहेको छ ।
भदौँ–२१ गते साझ मुखिया गाडीले खुट्टा किचिएको अवस्थामा कान्छिदोकान नजिकै वेहोस अवस्थामा भेटिएका थिए । उनको पाँचथर अस्पतालमा उपचार भईरहेको छ । अझै कहिलेसम्म अस्पतालमा बस्नु पर्ने यकिन भएको छैन् भने दुर्घटना गराउने गाडी र चाल फेला पर्न सकेको छैन् ।
उनको खुट्टाका तीनपल्ट अप्रेशन भईसकेको छ । ६ महिनामा केहि रिकभर हुने हो कि वा खुट्टा काट्नु पर्ने यकिन छैन् ।
‘उचपारको क्रममा अढाई लाख भन्दा बढि खर्च भईसक्यो । अझै कतिसमय राख्नु पर्ने भन्ने यकिन छैन् । तीन पल्ट अप्रेशन भइसकेको छ’ छोरा दिनेशले भने ‘गाडीवाला भेटिएको छैन् । उपचार महंगो महंगो रहेछ । ६–७ महिना राख्नु पर्ने छ ।’
उपचारमा संलग्न चिकित्सकका अनुसार उनको खुट्टाको दुईवटा औला अप्रेशन गरेर निकाली सकिएको छ । २० प्रतिशत भाग खुटाको मरिसकेको छ । ६ महिनासम्म कुर्ने कि खुट्टाको काटेर अप्रेशन गर्ने भन्ने परिवारसँग छलफल भईरहेका बताइएको छ ।
प्रहरीले अनुसन्धान भईरहेको दाबि गरेको छ । तर पाँचथरका प्रहरी प्रमुख डिएसपि हेमन्त भण्डारीले अनुसन्धान भईरहेकोले अहिले केहि नबोल्ने बताए ।