फिदिम । एक नम्बर प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम मा जिल्ला अस्पताल पाँचथरलाई १०० शैय्याको बनाउने घोषण भएको छ । यो संगै पाँचथर जिल्ला अस्पताल १०० शैय्या क्षमतामा स्तरोन्नति हुने भएको छ ।
प्रदेश नं. १ सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत पाँचथर जिल्ला अस्पताललाई १०० शैय्या क्षमतामा स्तरोन्नति गर्ने घोषणा गरेको हो । यो अस्पतालमा पाँचथर सहित ताप्लेजुङ, पूर्वी तेह्रथुमका नागरीकहरुले स्वास्थ्य सेवा लिदै आएका छन् ।
पाँचथरमा राम्रो स्वास्थ्य उपकरणको अभावमा यहाँका नागरीकहरु उपचारको लागी तराईका जिल्लामा पुर्याउनुपर्ने अवस्था रहेको छ । अहिले कोभिड महामारीको बेलामा सङ्क्रमितहरुलाई राख्ने बेडको समेत अभाव हुने गरेको थियो ।
प्रदेश सरकारले पाँचथर अस्पताल १०० शैय्याको बनाउने
प्रदेश सरकारले पाँचथर अस्पताल १०० शैय्याको बनाउने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस