फिदिम । हिलिहाङ गाउँपालिका १ मा रहेको अरुण भ्याली हाईड्रोपावर कम्पनीमा काम गर्ने एक मजदुरको फलामको पाईपले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी सत्यवती गाउँपालिका २ का २९ बर्षीय मोहन राहादी मगर रहेका छन् । बिहीबार बेलुका ५ बजे साढे ३ मिटर गोलाई भएको अन्दाजी ४ टन वजन भएको फलामको पाईप क्रेनले उठाउने क्रममा क्रेनको साङली चुडिन गई मगरको घाटीमा पाईपले लागी घटनास्थलमानै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरीले क्रेन अप्रेटर बारा सखुवाघाट गाउँपालिका ७ का २८ बर्षीय अनिल लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।
पाँचथरमा हाईड्रोपावरमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु
पाँचथरमा हाईड्रोपावरमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस