फिदिम । कोरोना संक्रमणको कारण आज फेरी थप दूई पुरुसको मृत्यु भएको छ । फिदिम ८ का ८१ वर्षीय एक पुरुस र फिदिम ८ कै ५३ वर्षीय पुरुसको मुत्यु भएको हो । ८१ वर्षीय पुरुसलाई २७ गते एन्टीजेन परिक्षणबाट कोरोना संक्रमण पुष्टी भई कोभिड अस्पताल पाँचथरमा उपचार गराइरहेका थिए । उनलाई शुक्रबार बिहान अस्पतालले मृत घोषण गरेको थियो । ५३ वर्षीय पुरुसलाई २४ गते एन्टीजेन परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको थियो । कोभिड अस्पताल पाँचथरले उनलाई २५ गते थप उपचारको लागी झापा रेफर गरेको थियो । उपचारको क्रममा झापाको बिर्तासिटि अस्पतालमा उनको मुत्यु भएको छ । संकमणबाट हिजो बिहिबार मात्रै पाँचथरमा २ जना पुरुसको मुत्यु भएको थियो । हिजो फिदिम २ नेपालटारका ३१ वर्षीय एक पुरुष र फिदिम ४ जोरसालका ६४ बर्षिय एक पुरुसको मुत्यु भएको थियो ।
पाँचथरमा कोरोना संक्रमणको कारण आज थप दुई पुरुषको मृत्यु
पाँचथरमा कोरोना संक्रमणको कारण आज थप दुई पुरुषको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस