फिदिम । पाँचथरका ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई कोरोना बिरुद्धको भेरोसेल खोप लगाउन सुरु गरिएको छ । ज्येष्ठ नागरिकहरुलाइ खाेप लगाउने सरकारकाे अभियान अन्तरगत ज्येष्ठ नागरिकहरुलाइ खाेप लगाइएकाे हाे । देशमा २५ गतेबाटे अभियान सञ्चालन भए पनि पाँचथरमा बिहिबारबाट मात्र अभियान सुरु भएकाे हाे ।
पाँचथरमा बिहिबार ६ सय ७४ जना ज्येष्ठ नागरिकले खोप लगाएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । चीनबाट ल्याइएको खोप ज्येष्ठ नागरिकलाई लगाइएको हो ।
पाँचथरमा ६० देखि ६५ उमेर समूहका पाँच हजार पाँच सय जना ज्येष्ठ नागरिकहरु रहे पनि खाेपकाे डाेज दुई हजार सात सय ९१ जनाका लागी मात्र अाएकाे छ । डाेज अपुग भएर पाँचथरमा ६२ देखि ६४ उमेर समूहका ज्येष्ठ नागरिकलाई कोरोना बिरुद्धको भेरोसेल खोप लगाइएकाे स्वास्थ कार्यालय पाँचथरका प्रमूख नारदमणी सुवेदीले जानकारी दिए ।