विराटनगर । कोशी प्रदेशमा सत्तागठबन्धनका एक-एकजनालाई समेटेर आज मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ ।
नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले तीनजना मन्त्री थपेर शपथ लिने तयारी गरेका छन् । । आज विस्तार हुने मन्त्रिपरिषद्मा माओवादी केन्द्रबाट जीवन आचार्य, नेकपा एसबाट कमल जवेगु र नेपाली कांग्रेसबाट प्रदीप सुनुवार मन्त्री बन्ने स्रोतले बतायो ।
सरकार गठनका लागि समर्थन गरेको जनता समाजवादी पार्टी भने तत्काल सरकारमा नजाने भएको छ । कोशी नामकरणप्रति जसपाको असन्तुष्टि छ । नेपाली कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले सानो आकारको मन्त्रिपरिषद् आजै विस्तार हुने बताए ।
सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरमा बहुमत पुर्याएर गठबन्धनले सरकार बनाएपछि कोशीको मुख्यमन्त्री नियुक्तिप्रति चौतर्फी आलोचना भइरहेको छ ।