पाँचथर । पाँचथरमा शनिबार सम्पन्न जिल्ला स्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिताको उपाधि रिसहोन थापा जितेका छन् । कोशी खेलकुद बोर्डको आर्थिक सहयोगमा जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा सम्पन्न प्रतियोगितामा राजु आले दोश्रो, महेन्द्र कुमार सम्हाम्फे तेश्रो भएका छन् । उनिहरुले क्रमश : प्रथम हुनेले नगद २५ हजार, दोस्रोले नगद २० हजार, तेस्रो हुनेले नगद १५ हजार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् । यसैबिच नन्द्य कुरुम्बाङ चौथो, हेम जबेगु पाचौँ, जयबिक्रम चेम्जोङ छैटौँ भएका छन् । चौथो हुनेले नगद १२ हजार, पाँचौ हुनेले नगद १० हजार, छैठौं हुनेले नगद ९ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा गगन लावती सातौ, आठौँ जयप्रकाश नेम्बाङ भए । सातौं हुनेले नगद ८ हजार,आठौ हुनेले नगद ७ हजार प्राप्त गरे । प्रतियोगितामा नवौ देखि तेह्रौ सम्मले ६ हजार पुरस्कार प्राप्त गरेका थिए ।