पाँचथर । मेची राजमार्ग अन्तर्गत हेवा खोलामा यातायात सुचारु भएको छ । अस्थायी डाइबर्सन बनाएर गाडी चलाएको हो । पुल बगाएको १० दिन पछि मंगलबारबाट गाडी वारपार.भएको हो । मंगलबार डाइभर्सन निर्माण भइ यातायात सञ्चालन भएकाे थियाे । तर मंगलबार रातिनै हेवा खाेलामा बाढी आउदा यातायात अबरुद्ध भएकाे थियाे । सडक डिभिजन,सुरक्षा निकाय र स्थानियहरुकाे सकृयतामा बुधबार साँझ पुनःडाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरीएकाे हाे ।
अस्थायी रुपमा निर्माण भएको डाइभर्सन पुल कुनै पनि बेला प्राकृतिक विपतको अवस्थामा क्षती भइ पुन:बाटो अवरुद्द हुन सक्ने भएको हुदाँ फिदिम ताप्लेजुङ खण्ड यात्रा गर्दा आधिकारीक सूचनाको आधारमा मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय पाँचथरलरे अनुराेध गरेकाे छ । रातकाे समय जाेखीम हुने भएकाले राति १० बजेबाट बिहान ६ बजे सम्म मेची राजमार्ग अन्तर्गत फिदिम ताप्लेजुङ खण्ड बन्द रहने जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपि हरी खतिवडाले जानकारी दिए ।
अस्थायी विकल्प तयार भएको सडक डिभिजन प्रमुख विदुर पोखरेलले बताए । बेलीब्रिजको कामलाई तिब्रता दिएको उनको भनाई छ ।