पाँचथर । असार २ गते राती परेको अविरल वर्षाको कारण मेचि राजमार्गमा पर्ने पाँचथर र ताप्लेजुङ जोड्ने हेवाखोलाको पुल बगाए सँगै मेचिराजमार्गको पाँचथर ताप्लेजुङ सडकखण्डमा पनि सडक ठप्प भएको छ । बाढी पहिरोले पाँचथर आक्रान्त छ । पाँचथरको याङवरक,फिदिम,हिलिहाङ,फालेलुङ र फिदिम लगायत क्षेत्रको जनजीवन बाढी पहिरोका कारण कष्टकर बनिरहेको छ । सयौं घर पुरिएका छन् ।
पाँचथर र ताप्लेजुङ जोड्ने हेवाखोलाको पुल बगाए पछि पुल बगाएकै स्थानमा बेलीब्रिज निर्माणको काम भइरुहेको छ । बेलीब्रिज निर्माणको काम सक्न १५ दिन लाग्ने बताइएको छ । पुल बगाए पछि पाँचथरका ३ गाउँपालिका र छिमेकी जिल्ला ताप्लेजुङमा राहात समाग्री ढुवानी गर्न समस्या परेको छ । अत्यावश्यक वस्तुहरुको ओसारपसार तथा ढुवानीलाई सहज बनाउन हेवा खोलामा अस्थाइ तुइन निर्माण गरिएक प्रयोग मा ल्याइएको छ । शुकंबारबाट तुइन मार्फत मानिसहरुलाइ पनि खाेला तार्न थालिएकाे छ ।
त्यस्तै, पुल बगाएको ६ दिन पछि स्थानिय युवा, बिभिन्न संघसंस्था र सुरक्षाकर्मीहरुको अग्रसरतामा बाँसको फड्के बनाउन थालीएको छ । फ्डके निर्माणको कार्य शुक्रबार बेलुका सम्म सक्ने जनाइएको छ । फड्के निर्माणले यात्रुलाई आ-आफ्नो गन्तव्य पुग्न खोला तरेर जान सघाउने अपेक्षा गरिएको छ ।
त्यस्तै, हेवाखोलामा पानीको बहाप घट्दै गएपछि तत्काल यातायात सञ्चान गर्नको लागी डाइभर्सन निर्माणको काम पनि सुरु भएको छ । सडक डिभिजन कार्यालय मार्फत डाइभर्सनको आगी आवश्यक पर्ने होमपाइपहरु हेवाखोलामा आइपुगेको बताइएको छ ।