सरला रेग्मी,
बिश्वका धेरै मुलुकहरु जस्तै नेपालमा पनि महिला र पुरुषका बिचमा फराकिलो आर्थिक भेद छ, जनसंख्याको दृस्ठिकोणले नै कुरा गर्दापनि नेपालको कुल जनसंख्याको आधा भन्दा बढि यानिकि ५१.५०% महिलाले हिस्सा ओगटेका छन् । तर राष्ट्रिय मानव प्रतिवेदन २०२० का अनुसार श्रमशक्तिमा सहभागी महिलाहरु २६.३ प्रतिशत मध्ये काम गर्ने उमेर समुहका २२.९प्रतिशत मात्र रोजगार छन् । घरायसी जिम्मेवारीमा ३ चौथाई महिलाहरु भएको कुरा राष्ट्रिय महिला आयोगले अघिल्लो बर्ष सार्वजनिक गरेको बार्सिक प्रतिबेदनमा उल्लेख छ ।
हुन त नेपाली महिला परिवर्तन हुँदैछन्। नेपालमा महिला सशक्तीकरण बढ्दो छ। केही वर्षयता नेपाली महिलाको जीवनशैली, कार्यक्षेत्र, कार्यबोझ र कार्यदक्षतामा व्यापक परिवर्तन आएको छ। राष्ट्रको उच्च ओहोदामा राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशसमेत महिला रहनुले नेपाली महिलाको साख बढेको छ ।
प्रतिनिधि मुलक उपस्थिती हुँदा हुँदै पनि अब आर्थिक पक्षको कुरा आउँछ तब महिलाको स्वामित्व छैन, कुनैपनी अर्थ सम्बन्धी निर्णयको लागि पुरुष नै हावी भएका छन् ।
महिलाले पुरुष सरह जिम्मेवारी बहन गर्न सक्छन् भन्ने कुरा धेरै पुरुषहरुलाइ स्वीकार गर्न कठिन भएको कुरा झनै शाश्वत सत्य हो । नेपालमा सबैभन्दा ठुलो सम्पति घर र जग्गालाइ लिइन्छ तर यि दुबैमा पुरुषकै बर्चस्व अधिकतम छ ।
महिलाको आर्थिक परनिर्भरताको अन्त्य गर्न के गर्नुपर्छ भन्ने सवालमा कोशी प्रदेशका विभिन्न क्षेत्रमा सकृय महिला नेत्रीहरु के भन्छन् त ११३ औं नारी दिवसको अवसरमा केन्जो खबरमा वहाँहरुको जवाफ जस्ताको तेस्तै :-
सर्वभन्दा पहिला महिला सक्षम नै हुन जरुरी छ । सक्षम भएपछी परिवार र श्रीमानको भर पर्नु पर्दैन । महिलाको आर्थिक पक्ष सबल बनाउन राजनैतिक, सामाजिक,शिक्षामा समान रुपमा समाबेश गर्न सक्यो भने केही हद सम्म परनिर्भता घटाउन सकिन्छ ।
परनिर्भरता अन्त्य गर्न भन्दापनी न्यूनीकरण गर्न सकिन्छ । गाउँ गाउँमा बसोबास गर्ने मात्र होइन शहर देखि केन्द्रिय राजधानिमा समेत महिलाहरु परनिर्भर भएको देखिन्छ । राज्यले महिलालाई अगाडि बढ्न साथ दिनुपर्छ । स्थानिय तह देखि केन्द्रिय तहसम्मपनि महिलाको प्रतिनिधि मुलक सहभागिता छ तर समान उपस्थिति निकै न्यून छ। प्रतिनिधिका रुपमा उभिएका महिलालाई पनि पुरुष सरह उपस्थिति नहुँदा निर्णायक तहमा पुग्न निकै कठिन छ। निर्णायक तहमा समान रुपले महिलाको उपस्थिति हुन सक्यो भने मात्र आर्थिक परनिर्भरताको अन्त्य हुनसक्छ ।
महिलाई उद्यमशिलता र सीप बिकास तथा क्षमता अभिवृद्धिको अबसर प्रधान गर्नु पर्छ ।
नेपालको सन्दर्भमा महिलाहरुको आर्थिक निर्भरता भनौ वा पुरुष सरह समानता बिभिन्न जाति,समुह क्षेत्रानुसार बिबिधता छ यद्यपि नेपालमा मुलतः महिलाको आर्थिक अवस्था उत्थानमा बाधक बनेका कारण दुईवटा छन् ।
१.महिलाको श्रमशक्ति तथा अर्थ ब्यवस्थामा पहुँच
२.समान अवसरको अभाव र कामको उचित सम्मान
महिलाहरु आजपनि आर्थिक स्तरलाइ माथि उकास्दै मजबुत हुने कुरामा संघर्षरत छन् तर संघर्ष र सफलताको बिचमा आजसम्म भेट राम्रोसँग भैसकेको अवस्था छैन, बिस्तारै महिलाहरु दासताको बलियो पर्खाललाई भत्काएर बाहिर निस्कने कसरतमा छन् जसले नेपालि समाजमा महिलालाई आर्थिक रुपले स्वतन्त्र हुने बल पुग्न थालेको छ । निर्वाहमुखि खेति प्रणाली र घर धन्दाबाट बाहिर निस्किएर कृषि ,सेवा,ब्यापार,राजनिती ,प्रशासन ,प्रबिधि र शिक्षा जस्ता महत्त्वपूर्ण क्षेत्रहरुमा महिलाको दरिलो उपस्थिति देखिन थाल्दैगर्दा महिला आत्मनिर्भरताको ग्राफ उकालो चढ्दै जानु आजका दिनमा महिलाहरुकालागि मात्रै होइन समग्र रास्ट्रका निम्ति नै गौरवको कुरा हो । जबसम्म आर्थिक रूपमा महिलाहरु असक्षम हुन्छन् तबसम्म उनिहरुले कुनैपनि क्षेत्रको अग्रसरता लिन नसक्ने कुरा निश्चित छ । यसर्थ आर्थिक निर्भरताको अन्त्य तब हुन्छ जब महिलाहरु निर्वाहमुखि घरायसि जिम्मेवारीबाट बाहिर निस्केर ब्यवसाय या बिभिन्न सेवा क्षेत्रमा आफ्नो सहभागितालाई ब्यापक रुपमा वृद्धि गर्छन् ।
पहिला एस एल सी दिएपछि छोरीको बिहे गरिदिन्थे । अधिकांशले अहिले पढाइसकेपछि बिहे गरिदिन्छन । आत्मानिर्भर नभइ छोरीको बिहे नगरी दिने प्रण बाबुआमाले गर्नुपर्छ ।जागिर व्यापार जे भए पनि स्थायी आयस्रोत बिहे अघि नै सुनिस्चित गराईदिनुपर्छ । नत्र पढेर पनि आर्थिक परनिर्भर हुन बाध्य छन्।
महिलाको आर्थिक परनिर्भरता अन्त्य गर्न आर्थिक उपार्जन हुने किसिमका कार्यक्रम सरकारले ल्याउनु पर्छ । महिला उद्यम बिकासका लागि सरकारले महिलाका नाममा रहेका उधोगहरुको कर मिनाहा गरिनु पर्छ । गाउँ गाउँमा स्वरोगार मुलक तालिम संञ्चालन गरि महिलाहरुलाई उद्यमी बन्न प्रोत्साहन गरिनु पर्छ । महिलाबाट उत्पादित बस्तुलाई बजार ब्यबस्थापनका लागि सहजीकरण गर्नु पर्छ । महिला युवा उद्यमीलाई अन्तर्राष्ट्रिय स्तरको ज्ञान्, सीप प्रदान गरि स्वदेशमा लगानीका लागि वातावरण सिर्जना गर्नु पर्छ ।
–समाजको सोचमा परिवर्तन अझै भईसकेको छैन् । तथापी विगतमा भन्दा समाज महिला प्रति अलि विश्वासनिय बन्दै गएको छ ।
महिलाले पनि पुरूष सरह नै जुनसुकै कामको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गर्न सक्छन भन्ने विश्वास दिलाउनु नै अहिलेका लागि महिलाको परनिर्भरता अन्त्यको बाटो हुनेछ । नेपाली समाजमा व्याप्त रहेको पुरूषले कमाउने र महिलाले घर धन्दा मात्रै गर्नु परछ भन्ने सोच धेरै हदसम्म भत्किदै गएको छ । त्यसलाइ पुर्ण रूपमा भत्काएर महिलाहरूलाई काम काजी बनाउन शिप, शिक्षा र व्यवशायमा लगाउदा मात्रै महिलाको आर्थिक परनिर्भरता अन्त्य हुन्छ ।