सरला रेग्मी,सुनसरी
सबै स्थान सबै मानिस आधुनिकता तर्फ लम्किरहेका छन् । ठुला ठुला सपना, ठुलो घर, महँगो गाडी, बद्लिदो जिवनशैली अनि बद्लिदै गएका हाम्रा चाहना । विकसित मुलुकको दाँजोमा नेपालका महिलाको स्थिति दयनीय छ । त्यसमा पनि शहरीया जीवन बिताउने र ग्रामीण भेगमा जीवन बिताउने महिलाको जीवन स्तर त झन बिल्कुल फरक छ । अझ तराईका पनि मधेसी परिवेशमा बस्ने महिलाको जीवन स्तर साच्चै भन्ने हो भने शहरी जिवन बिताउनेको लागि एउटा कुनै चलचित्रको दृश्य झै लाग्न सक्छ ।
तराई अझ भित्रि मधेशका महिला जाडोमा सितलगरसँग जुध्न अनि गर्मीमा भतभती पोल्ने पृथ्वीमा दैनिक जीवन निर्वाह गर्न हरेक दिन सघर्षरत देखिन्छन् ।कोशी गाउँपलिका सुनसरी कोशिटप्पु आसपास क्षेत्रमा बसोबास गर्ने महिलालाई बिहान देखि राती सम्म पनि दैनिक खाध्यान जुटाउन उनिहरु धर्तीसँग जोडिरहेको देखिन्छ । निलो आकाश र त्यहीँ आकाशको मुन्तिर धर्तीमा बसेर माटो र माटोसँग जोडिएका हरेक पत्रलाई उघारीरहेको देखिन्छ ।
प्रकृतिसँग उनिहरुको छुट्टै मोह छ । उनिहरुको मनसँग होइन् पेटसँगको सम्बध गाँसिएको देखिन्छ । हुस्सेले छोपेको साना साना घर भएका बस्ती अनि त्यहीँ बस्तिमा हरेक दिन पेटको लागि गरेको संघर्ष देखिन्छ ।
माटोमा गोबर र सन्टि(सनपाटबाट निस्किएको एकप्रकारको लठ्ठी) को प्रयोगबाट दाउरा (गँुइठा) बनाउदै गरेकी एक महिला भेटिइन,उनले यो गुँइठा बर्खामहिनाको लागि जोहो गर्दै थिइन ।
बाटो भरी चाङ लगाएर राखेको गुँइटाको दृश्यले उनिहरुको जोहो देखिन्थ्यो । बाटोमा उखुका सुकेका पतिङरले आँखै छोपेको थियो । यहि पतिङ्गर सुख्खाबेला उनिहरुको चुलोको साथी हुने गर्छ । तोरिबारीमा महिलाको भेला कुनै बैठक होइन ।
आज साझको तरकारी थियो जुन उनिहरु टिप्दै थिए । बजारबाट ल्याइने सामाग्री कुनै अनलाइन सपिङ बाट आउदैन्,साइकलमा बोकेर ल्याउने गर्छन् । यस परिबेशलाइ नजिकबाट निहाल्नेहरु भन्छन् यहाँ छोरीहरु आमाको पेटमै घाँस काट्न सिकेर आउँछन् । देखिएको दृश्यले पनि यहीँ भन्छ । घाँस,दाउराको जोहो, भान्सामा पाक्ने खाध्यनको जोहो र बर्खा लाग्नुपुर्व तयारीमा जुटेका छन् यतोबेला कोशिटप्पु वन्यजन्तु आरक्ष आसपासका महिलाहरु ।
हेरांै तस्बिरमा-: