सरला रेग्मी
पाँचथर । पाँचथर फालेलुङ–८ कि शुसिला केरुङको घर पुग्दा साझ पर्न लागेको थियो । उनी दिनभर अलैचीको थाक्कोमुन्को सकेर गाई दुहुँदै थिइन् ।
५बर्ष अघि श्रीमानलाई ‘ब्रेन ट्यूमर’ भयो ।
श्रीमान थलापरेपछि परिवारको जिम्मेवारी शुसिलाको काधमा पर्योे । परिवारको आर्थिक आम्दानीको मुख्य श्रोत अलैची थियो । तर अफ्ठ्यारो माथि आफ्ठ्यारो थपियो ।
३० रोपनीको अलैची बगान थियो । राम्रै फल्थ्यो, मूल्य पनि सन्तोषजनक थियो ।
पहाडको ‘कालो’ सुन भनेर उपनाम पाएको अलैचीको मूल्यमा गिरावट आयो । यतिमात्र हैन अलैचीमा रोग किराले गर्दा सन् २०१४ देखी उत्पादन र मुल्य घट्न थाल्यो ।
‘दाम त घट्यो घट्यो, फल्नै छाड्यो । खेताला खर्चनै बोक्ला जस्तो छैन् ।’ ढुङ्ग्रो –गाई भैसीको दुधदुहुने भाडो) सिकुवामा राख्दैँ भनिन् ।
१२०० केजि अलैची प्रतिमन ८२ हजारमा बेचेर श्रीमानको उपचार गराएको उनले सुनाईन । श्रीमानको अप्रेसनको लागि २५ लाख र दोस्रो पटक २१ लाख लागेको खर्च केहि बर्षको अलैचीले धानेको थियो ।
२०७६ साल यता अलैची राम्रो उत्पादन भएको छनै । उपचार गराँउदा पैसा सकियो, ३ बर्ष अगाडी श्रीमान पनि गुमाउनु पर्यो ।
यस बर्ष त झन नौँ मनमात्र फल्यो । अलैंची फूलफूल्ने सिजनमा खडेरी लागेर राम्रो फल लाग्नसकेन । ‘सुख्खा लाग्यो, बोटमै फूल सुक्यो । कहाँबाट फल लाग्नु ?’
नेपालको मुख्य निर्यातजन्य नगदे वालीको रुपमा अलैची रहेको छ । अलैंची झन्डै दुई शताब्दीको ईतिहास बोकेको अलैंची ‘मसलाको रानि’ नाम बाट परिचित छ ।
नेपालमा ४५ जिल्लामा १८ हजार ४०० हेक्टर जमिनमा अलैंचीको व्यवसायीक खेतीमा १ लाख २५ हजार कृषक आवद्ध रहेका छन् । उच्च– गुणस्तरको अलैंची बिश्व बजारमा नेपालने कमाएको साख हो तर पछिल्लो चोटि बेमौषमा परेको पानी, उच्च तापक्रम र संक्रमणका कारण यो साख झर्दै गएको नेपाल अलैंची केन्द्रिय महासंघले जनाएको छ । विगतमा प्रतिमन १ लाख ४० हजार रुपैया सम्मको बिक्रि भएको अलैची पछिल्लो समयमा २५ देखि २७ हजार रुपैया प्रतिमन खरिद बिक्रि भएको छ । अहिलेको मुल्य १० बर्ष यताकै कम भएको व्यपारी प्रकाश नेपालले बताए ।
अलैंचीको बगान २०७१ साल देखीनै रोग, किराको आक्रमण, खरेडी र बोट मर्ने कारणले गर्दा उत्पादन घटेको चौतर्फी बहस भैरहेको छ । जसको प्रत्यक्ष असर अलैंचीबाट आफ्नो घरखर्च धानिरहेका १ लाख संलग्न परिवार मध्येका ५० प्रतिशत महिलालाई बढी परेको नेपाल अंलैचि व्यसायी महासंघले जनाएको छ ।
संखुवासभा जिल्लाको धर्मादेबी नगरपालिकाको वार्ड नम्बर–१ की गिता नेपाल विहे गरेर आउदा ठुलो अलैची बगान भएको सम्झना सुनाउछिन् ।
सात बर्ष अगाडिसम्म पनी पानीको अभावले यसरी दुख दिएको उनलाई सम्झना छैन् । ‘मेरो ससुराबुवाले २०४२ सालबाट शिक्षण पेशा छोडेर अंलैची व्यवसाय शुरुगर्नुभएको थियो रे । एउटा बोट बाट एक डोको अलैंचीको थुङ्गा हुन्थ्यो । तर अहिले एउटा बोटबाट दुईतीन वटा थुङ्गा फल्छछ’ उनी भन्छिन् ‘पहिला रोग पनि थिएन, दुख खासै थिएन तर अहिले अलैंची गोडमेल देखि फल पाक्ने बेला सम्म निकै शास्ती हुन्छ, उत्पादन घट्दै जादैँ छ ।
‘फल टिप्ने सिजनका बेलामा पानी दर्कियो बगान जादा चिप्लिएर लडेको’उनले अनुभव सुनाईन । ‘बेमौषसमा परेको पानि र त्यो बेलाको सास्ती सम्झिदा अहिलेपनी दुख लाग्ने’ उनी बताउछिन्
‘अलैंचीले यस्तै दुख दिने र लागत उठाएन भने अलैची मासेर सुन्तला खेती गर्ने सोच छ’ । उनले भनिन्
अलैंची छाँयाप्रिय तथा बढी पानी चाहिने बाली भए पनि बढी उचाई, उत्तर मोहडा र छहारी भएको स्थानमा अलैंची खेती बिना सिंचाइ पनि गर्न सकिने अलैची विकास केन्द्र फिक्कलका प्रमुख राजन परियाले बताए । उनका अनुसार समुन्द्री सतहबाट ७०० देखि २१०० मिटरसम्मको उचाई र २००० देखि २५०० मिलीलीटर पानी पर्ने ठाउँमा अलैची खेती उपयुक्त हुने तापक्रम ८ देखि २० डिग्री सेल्सियससम्म भएको उनको भनाई छ । हुरी बतास, तुषारो, कालो तुषारो ,हिमपातले पनि अलैंचीको उत्पादन र बिरुवालाई असर गर्ने परियार बताउँछन् ।
नेपालको कृषि आजसम्म पनि धेरैजसो आकाशेपानीमा निर्भर छ । पुर्वको पहाडी जिल्ला ताप्लेजुङको ३० बर्ष यताको तथ्यांक हेर्दा ११.४ मिलिलिटरले बर्षा बढेको देखिन्छ । जल तथा मौषम बिज्ञान बिभाग जलवायु शाखा बिश्लेषक डाक्टर ईन्दिरा कडेलका अनुसार स्टेशन भएका जिल्लाको तथ्यांक हेर्दा ०.०२ मिलिलिटरले पुर्वी जिल्लामा बर्षा बढदै गएको देखिएको छ तर सबै क्षेत्रमा स्टेशनको पँहुच नहुँदा यकिन यतिनै बढेको भन्न चै मुस्किल हुने बताएकी छन् । कडेलका अनुसार ‘संखुवासभा,इलाम र ताप्लेजुङमा जाडो पुर्वको सुख्खा सिजन मानिने असोज १५ देखी मंसिर १५ सम्म बर्षा बढदै गएको र जाडो मौषममा घटेको बताएकी छन’् । ‘स्थानिय अलैंची खेती गर्ने कृषकको अनुभव पनि यस्तै छ’ ।
पहिला संखुवासभाको मुडे क्षेत्रमा सुन्तला खेती हुदैन थियो गिताका ससुरा यदुनाथ नेपाल भन्छन् ‘अचम्म लाग्छ ! पहिले यहाँ सुन्तलाको खेतीनै हुदैँनथ्यो अहिले घरको कोठेबारीमा सुन्तला फलेको छ ।’ उनी हामितिर हेरेर प्रश्न गर्छन यस्तो कसरी भएको होला हैन ?
पाँचथरको लालिखर्ककी कृष्णमाया श्रेष्ठ भन्छिन् ‘फल लाग्ने समयमा किरा लागेर बोट मर्यो । अहिले रोपेको मध्धे आधा बोट मात्र बाँकी छ । किरा मात्र होइन बोट सुक्ने रोगपनी लागेको छ ।’घर व्यहार चलाउने हम्मे पर्ने अवस्था आईसकयो उनले थपिन । मुल्यमा आएको गिरावट र अलैचिको उत्पादन गुणस्तरीय नहँुदा किन्न नै गार्हो भएको फिदिमका अलैंची व्यवसायी खगेश्वरी अघिकारी बताउछिन् । यस्तो भन्ने व्यवसायी मात्र होइन अलैंची बजार पुर्याउदा लागतनै पो उठदैन कि भन्ने पिर रहेको ओयामकी चन्दा गुरुङ बताउछिन् ।
अलैंचीमा छिर्के फुर्के रोग लाग्नु, पात सुक्नु, गुभा कुहिनु र अलैंचीको भाउ निरन्तर ओरालो लाग्दै जादा अलैंची खेतीले व्यावहार नसङ्लिए पछि कृषिसँगै होम स्ट्रे संचालन गर्न थालेको इलाम रोङ गाउँपालिकाकि कौशिला मोक्तानले बताइन ।
वातावरणमा आएको परिवर्तनले अलैंची बगानलाई प्रभावित बनाएसँगै बर्षैदेखि अंलैचि खेतिमा आश्रित कृषकलाई अब के गर्ने भन्ने अन्योलता बनाएको छ ।
जलवायु परिवर्तनले कृषिमा यसरी नै ट्याक्कै प्रभाव पारीरहेको छ भन्ने भन्दा पनि यी माथी भनिएका कृषक महिलाका उदाहरण जलवायु परिवर्तनको कारण चै मान्न सकिने नेपाल कृषि राष्ट्रिय बाली अनुसन्धान केन्द्रका डाक्टर तथा साइन्टिस्ट धुर्वराज भट्टराईले बताएका छन् ।
भट्टराई भन्छन् “ आवस्यक भन्दा बढी पानी पर्नु, पहाडी क्षेत्रमा किराकिरी जस्ता भाइरस बढ्नु, मौषम अगाबै उत्पादन हुनु या हुने सिजनमा नहुनु, पानी पर्ने सिजनमा घाम लाग्नु, पानी पर्दा पनि अत्याधिक पर्नु नै जलवायु परिवर्तनको असर मान्नु पर्छ । उनले भने ‘जलवायु परिवर्तनले दिन दिनै परिवर्तन भैरहेका छन् भन्ने विभिन्न रिसर्चले देखाएको छ’ । उनी भन्छन् ‘अझ कृषिमा यस्को प्रभाव बढी छ । अझ कृषिमा भन्ने हो भने तल तल फल्ने फलहरु माथी माथी तिर सरिरहेको अवस्था छ’ । ‘सबै कुरा नराम्रै भन्न पनि मिल्दैन,पहिला नफल्ने ठाउँमा फल्नुपनी त राम्रै हो नि, उनले भने मौसममा आएको फेरबदलका कारण अनुकुलन उत्पादनले कृषकले आम्दानि छिटोपनी त लिन सकेका छन् । तर अलैंची,चिया, कफि, अदुवा जस्ता एकपटक लगाएर धेरै समय टिकिरहने बोटको लागि भने दृघकालिन उपाय सोच्नुपर्ने अवस्था भने आएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद्ले हरेक स्थानिय तहमा कुन महिनामा कस्ता कृषिजन्य उत्पादन लगाउदा ठिक हुन्छ आगामी महिनामा मौषम कस्तो रहन्छ भन्ने जानकारी सहितको बुलेटिन प्रकाशनमा ल्याएको छ । तर त्यस्को प्रभावकारीता कृषक महिलामा पर्नसकेको देखीदैन ।
नेपाल जलवायु परिवर्तनको र भुकम्पिय जोखिममा ५ औ, बाढिपहिरोको जोखिममा ३० औं, र बहुप्रकोपिय जोखिममा २० औं स्थानमा हामी छौ । जस मध्धे धेरै नै प्रभावित क्षेत्र कृषि एक हो । नेपाल श्रमशक्ती सर्वेक्षण २०७४÷७५ अनुसार ४७ प्रतिशत पुरुषको तलनामा ६१ प्रतिशत महिला कृषिमा निर्भर छन् । धेरै जसो कृषि कार्य महिलाले नै गर्ने भएता पनि जमिनमाथी महिलाको स्वामित्व कम छ । जलवायु परिवर्तन र बिपत्तिबाट दुर्गम क्षेत्रका महिला सबैभन्दा बढी प्रभावित हुनेगरेको फोरेस्टर नेपालकी रिसर्चर एवं डाक्टर सुजता तामाङले बताएकी छन् । तामाङ भन्छिन् महिलाहरुमा जानकारी र स्रोतसाधन र अनुकुलन सबैमा उनिहरुको पँहुच र क्षमता कम हुन्छ । यदि कुनै बाली नष्ट भयो भने निरन्तर त्यस्मै टिकिरहन गार्हो हुन्छ । श्रीमान या अन्य घरका पुरुष सदस्यले जे भन्यो त्यही गर्नुपर्ने कारण निरन्तरता दिन कठिन हुन्छ । जसले गर्दा बिचमै कृषिपेशा छोड्नुपने हुन्छ । उनी थप्छिन ‘अलैंची जस्तो अलि मूल्य भएको कृषि बस्तु गाउँबाट बजार सम्म ल्याउनपनी महिलालाई कठिन हुने बताएकी छन’् ।
केन्द्रिय तथ्यांक बिभागले २०१६ मा गरेको जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय सर्वेक्षणमा सहभागी ८६.१ प्रतिशतले पछिल्लो २५ बर्षमा सुख्खा बढेर गएको बताएका छन् । अधिकान्श उत्तरदाताले तापमानमा बदली भएको र मनसुन तथा हिउँदे वर्षा घटिरहेको बताएका छन् ।
धेरै तापक्रम या जमिरहेको पानीमा उत्पादन राम्रो नहुने अलैची बिकाश केन्द्र फिक्कलका प्रमुख राजन परियारले बताएका छन् । अलैंची एकपटक लगाएर निकै बर्षसम्म उत्पादन दिने कृषि जन्य बस्तु भएका कारणपनि यस्को बिरुवा लगाउदै राम्रो बिरुवा छनौट गर्नुपर्ने हुन्छ । तर महिलाहरुलाई यो बिषयमा ज्ञान कै कमि भएको छ । श्रीमान बिदेश जाने हुँदा घर व्यबहार र बच्चाको रेखदेखपनी गर्नु पर्ने भुमिका महिलाको हुन्छ ।
संखुवासभाको रत्नमाया पौडेल भन्छिन् गुणस्तरीय बेर्नाको बारे हामिलाई थाहा नै छैन, हामी त आफ्नै बगानमा उत्पादन भएको बेर्नालाई नै नयाँ स्थानमा रोपिरहेका छौ । खासमा निर्वाहमुखी कृषि अर्थतन्त्रलाई पछ्याउने ग्रामीण महिलाको ठूलो संख्या माटो, जडिबुटी, जनावरसँगै दैनिकी बिताउछन् । यसकारण कृषिमा आउने सानो परिवर्तनले पनि उनिहरुको जिविकोपार्जनमै समस्या ल्याइदिन्छ । महिलाहरु धेरै समय अनुत्पादन ठानिएका काममा सक्रिय छन्। तर जति उत्पादित कृषिमा सक्रिय छन् उनिहरुको पहुँचमा न त जग्गाको स्वामित्व छ , न त बेचबिखन गर्ने अनुमती नै छ । मौषम पुर्वानुमानको जानकारीमा कम पहुँचका कारण पनि महिलाहरु माथी जलवायु परिवर्तनको बढी असर पर्ने गरेको फोरेस्टर नेपालकी रिसर्चर एवं डाक्टर सुजता तामाङ बताउछिन् ।
जलवायु परिवर्तनमा महिलाका मुद्दा पहिचान गरेर एकीकृत नीति बनाउन सरकारको भुमिका महत्वपूर्ण हुन्छ । तर अहिलेको सन्दर्भमा न त स्थानिय तहमा महिलाको उपस्थिति उल्लेख्य हुन सक्यो न त प्रदेश, न केन्द्र सरकारमा, वकालत गर्ने महिलाको उपस्थिति न्यून हुँदा बन्ने नीति महिलाको पक्षमा बन्ने आधार कम हुँदै गएको छ ।
नेपालमा जलवायु परिवर्तन सम्बन्धी सात वटा नीति मध्धे तिनवटा नितिले मात्र जलवायु परिवर्तनले महिलालाई प्रभावित बनाएको स्विकारेको छ । अधिकार, स्रोत साधन र शक्तिको असमान बितरणका कारण आर्थिक – सामाजिक वर्गका महिलामा यसको प्रभाव फरक देखिएको फोरेस्टर नेपालकी डाक्टर सुजता तामाङ बताउछिन् । उनी भन्छिन्, “अलैंची कृषक महिलाहरुको आफ्नै रैथाने ज्ञानको प्रयोग गर्दै आएका छन् । नयाँ खालको क्षती भयो भने हामी महिलाहरुको परम्परागत पद्धतिलाई ध्यान दिदैनौ जस्को कारण उनिहरु आफू सिमाकृतमा परेको महसुस गर्छन्” ।
उनी भन्छिन्, “महिला कृषक र पुरुष कृषकको तुलनामा प्राबिधिक ज्ञान प्राप्त गर्न पुरुष कृषकलाई जति सजिलो छ हाम्रो सामाजिक संरचना महिला कृषकको लागि छैन” । जलवायु परिवर्तनको असर महिलामा धेरै हुन्छ भन्ने तथ्य थुपै अनुसन्धानले देखाइसके छ ।
प्राकृतिक स्रोतसाधनमा महिला कृषकहरूको निर्भरता बढी छ तर स्रोतसाधनमा उनीहरूको पहुँच र नियन्त्रण न्यून भएकाले उनीहरू जलवायु परिवर्तनको प्रभावबाट उच्च जोखिममा रहेको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमकी कृषि अधिकृत रोशनी गौतम बताउाछन् ि। उनका अनुसार,“कृषि क्षेत्र जलवायु परिवर्तनबाट प्रभावित प्रमुख क्षेत्रहरू मध्ये एक हो ।
कृषि क्षेत्रमा पर्ने असरले महिला किसानहरूको जीवन र जीविकोपार्जनसँग प्रत्यक्ष रूपमा नराम्रो प्रभाव पार्ने गर्छ ।
गौतम भन्छिन,् ‘जलवायु परिवर्तनको प्रभाव विरुद्ध महिला कृषकहरूको जोखिम निर्धारण गर्न सामाजिक–आर्थिक, सांस्कृतिक, राजनीतिक र वातावरणीय कारकहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् । प्राकृतिक स्रोत व्यवस्थापनको निर्णय प्रक्रियामा महिलाको भूमिका न्यून छ जसका कारण उनीहरूमा अनुकूलन क्षमता कम छ र उनीहरू जलवायु परिवर्तनको प्रभावबाट बढी जोखिममा छन् ।
गौतम भन्छिन् ‘ ग्रामीण जीवन निर्वाह गर्न ग्रामीण महिला किसानको भूमिका महत्वपूर्ण हुन्छ । विभिन्न घरायसी कामका साथसाथै, महिलाहरूले कृषि उत्पादन र उत्पादकत्वमा महत्त्वपूर्ण योगदान पु¥याउँछन् जसले पछि खाद्य र पोषण सुरक्षालाई असर गर्छ। यसबाहेक, तिनीहरू सामुदायिक स्तरमा स्थानीय आनुवंशिक स्रोतहरू (स्थानीय बीउ) र प्रविधि (स्थानीय रूपमा अनुकूलित प्रविधि) को संरक्षणमा प्रमुख अभिनेता हुन्। तसर्थ, दिगो रूपमा कृषि उत्पादकत्वलाई गति दिन महिला कृषकहरूको क्षमता अभिवृद्धि गर्न दिगो कृषि उत्पादन सम्बन्धी विविध ज्ञान, क्षमता र सीप निर्माण तालिमद्वारा महिला कृषकहरूको सशक्तिकरण र जीविकोपार्जनमा सघाउ पु¥याउनु पर्छ।
रोपाइ/फर्टिलाइजिङ/फसलिङ/भण्डारण/प्याकेजिङ विधि, विभिन्न छाँट्ने विधि, सुरुङ घर उत्पादन, बाली घुमाउने, बाली विविधीकरण। ज्ञान र क्षमता÷सीप विकास तालिम महिला कृषकहरुको आम्दानी बृद्धि गर्न थप फलदायी हुन्छ।
कृषि क्षेत्रमा सबैभन्दा ठूलो योगदानकर्ता भए पनि थोरै महिला उद्यमशीलतामा संलग्न छन् र यस्तो ज्ञान, क्षमता र सीप विकास तालिमले थप महिला कृषकहरूलाई उद्यमीका रूपमा विकास गर्न मद्दत गर्नेछ। जब महिला उद्यमी बन्छन्, उनी निर्णय लिने भूमिका र आय आर्जन गर्ने गतिविधिहरूमा स्वतन्त्र हुनेछन् जसले पछि महिलाहरूलाई सामाजिक, धार्मिक, वातावरणीय र आर्थिक पक्षबाट सशक्त बनाउँछ ।
जलवायु परिवर्तनको असरबाट सबै महिला उत्तिकै प्रभावित छैनन्“ । यसको प्रभाव ‘ती समुदाय र किसान समूहहरूमा उच्च छ जसको दैनिक जीवनयापनका लागि प्राकृतिक स्रोतहरूमा निर्भरता बढी छ’ उनले भनिन् ।
( यो आलेख युकेएआईडी को सहयोग प्राप्त ब्रिटिस काइन्सिलको ‘रोड टु कप’ अभियान अन्र्तगत जलवायु परिवर्तनमा महिला रिपोर्टर अनुदानको सहयोगमा तयार पारीएको हो ।)