पाँचथर– सूचना प्रविधिमा आधारीत सेवा प्रदान गर्नका लागि फिदिम नगरपालीकाले काम गरिरहेको छ । प्रदेश सरकारसँगको लागत साझेदारीमा सेवाग्राहि कार्यालयमा नआईपनि अनलाईनका माध्यमबाटनै सेवा प्रदान गर्ने गरि प्रणाली निर्माणका लागि काम भईरहेको हो ।
बैशाखसम्ममा प्रणाली निर्माण गरि कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । यो प्रणाली कार्यान्वयन हुन सक्यो भने मोवाईल एप्सबाट नै कागजात पेश गरेर सेवाग्राहिले सेवा लिन सक्ने छन् ।
प्रणाली कस्तो बनाउने भन्ने विषयमा शुक्रवार छलफल भएको थियो । जनप्रतिनिधि तथा कर्मचारीले प्रणाली बारे राय पेश गरेका थिए । गृहमन्त्रालयमा सर्वर रहने गरी प्रणाली निर्माण हुने छ । नगरपालीकाका सबै जानकारी राख्ने, विषयगत कामहरु त्यहिबाट कार्यान्वयन गर्ने तयारी भएको छ ।
परामर्शदाता इन्फरमेशन केयर प्रालीले तयार गरेको प्रणालीको प्रारम्भीक ड्राफ पेश भएको थियो । नगरपालीकाका सबै सेवाग्राहि प्रविधिमा अभ्यस्त नभएकाले अहिले चलिरहेको र सूचना प्रविधिमा आधारीत प्रणाली सँग–सँगै अघि बढाउन सुझाव दिईएको थियो ।
‘हाम्रोलागि यो अत्यान्त महत्वपूर्ण छ । कार्यान्वयनको चुनौती छन्, विस्तारै कार्यान्वयन गर्न सकियो भने सेवामा सरलता तथा नमुना काम हुने छ’ प्रमुख प्रशासकिय अधिकृत गणेश दाहालले भने ।
केहि विज्ञहरुले प्रणालीका ड्राफका बारे सुझाव राखेका थिए । डाटाको सुरक्षालाई ख्याल गर्नु पर्ने विज्ञ लाक्पा सेर्पाको सुझाव थियो ।
‘हाम्रोलागि नयाँ भएपनि कर्मचारीलाई तालिम दिने, सेवाग्राहिलाई विस्तारै अभ्यस्त गर्दै लैजाने प्रयास गर्ने छौँ । गोजीमा भएको स्मार्ट फोनलाई प्रयोग गर्दानै सेवा पाउन वातावरण बनाउने हाम्रो प्रयास हुने छ । सेवालाई प्रविधिसँग जोड्दै सरल सुविधा नगरबासिलाई दिनेछौँ’ नगरप्रमुख मित्रप्रसाद काफ्लले भने ‘विद्यालय लागयतका सरकारी कार्यालयमा इ–हाजिरि, सार्वजनिक स्थलमा फ्रि वाईफाइको योजना अघि बढाउँदै छौँ ।’
सरकारी सेवालाई प्रविधिसँग जोड्दै यो प्रणाली धेरै सुविधा थप्दै जानु पर्नेमा उपप्रमख राधाकृष्ण न्यौपानेको जोड रहेको थियो । ३३ लाख २ हजार ४ सय २५ खर्चिएर यो प्रणाली निर्माण गर्न लागिएको नगरपालीकाका इन्जीनियर प्रेम काफ्लेले जानकारी दिए ।