पहुँच भएकालाइ दैलोको अस्पताल जान एम्बुलेन्स,तर जस्को पहुँच छैन,उस्का बिरामिका आफन्त सिकिस्त बिरामी लाई ओछ्यानमा राखेर घन्टौ एम्बुलेन्स खोज्न भौतारिनु पर्ने।
पाँचथर जिल्ला भरिमा २० ओटा एम्बुलेन्स छन्।अरु बेला अस्पतालमा एम्बुलेन्स नै एम्बुलेन्स देखिन्छन तर आवश्यकता पर्दा सहजै एम्बुलेन्स पाउन निकै कठिन छ ।राज्यको सुविधामा ल्याएका एम्बुलेन्स व्यवस्थापनमा विगतदेखिनै समस्या हुने गरेको छ। कोरोनाका भाइरसका कारण उत्पन्न जटिल परिस्थितिमा पनि एम्बुलेन्स व्यवस्थापन हुन नसक्नु र यस्तो जटिल परिस्थितिमा बिरामिका आफन्तको गुनासो हुनु गम्भीर कुरा हो।
फिदिमबाट विर्तामोड एम्बुलेन्समा बिरामी लैजान ४/५ घण्टा लाग्छ । विर्तामोडका अस्पतालमा बिरामीलाई उपचारका लागि बेड पाउन उस्तै सास्ति छ । बिरामिका आफन्त एम्बुलेन्स खोज्न पनि पहुँच भएकालाइ भन्नू पर्ने,कोहि तेल छैन त कोहि भर्खर आएको जस्ता बहानाले गर्दा बिरामी अनि बिरामिका आफन्तले सास्ती बेहोर्नु परेको छ। एकातर्फ बिरामीलाई समस्या चर्किदै, विरामीको अवस्था विग्रिरहेको छ अर्कोतर्फ एम्बुलेन्स नपाउँदाको समस्या, यहाँ भन्दा ठुलो जटिलता के होला ?
दश बजेदेखि एम्बुलेन्स खोज्दा बल्ल ४ बजे पाइन्छ एम्बुलेन्स खोजेर विरामी पठाउन चार घण्टा लाग्छ भन्ने जन गुनासो आएपछी जिल्ला प्रसासन कार्यलयले एम्बुलेन्स संचालक संग बसेर छलफल नगरेको पनि होइन तर निर्णय एकातिर कार्यन्वयन अर्को तिर भएको छ।
कोभिडको संक्रमण बढिरहँदा जिल्लामा एम्बुलेन्सको व्यवस्थापनको जिम्मा रेडक्रसलाई दिइएको छ । रेडक्रसले समन्वय गरेर एम्बुलेन्सलाई व्यवस्थापन गर्ने गरी जिम्मा दिइएको छ । जिल्लाभरीमा २० ओटा रहेको एम्बुलेन्स रेडक्रसले भने एउटा एम्बुलेन्सलाई मात्र कोरोना संक्रमित बोक्ने त्यो पनि अस्पतालले रेफर गरेको बिरामिलाइ भनेर राखिएको छ। बाकी एम्बुलेन्स अन्य बिरामी बोक्न प्रयोग गरिन्छ। अस्पताल बाट रेफर गरिएको कोभिडका संक्रमितको लागि भने समन्वय गर्ने गरि नै काम गरीरहेको दाबि रेडक्रसका अधिकृत गुरु तिम्सिनाको रहेको छ ।
अत्यावश्यक सेवामा पर्ने एम्बुलेन्स चुस्त ब्यवस्थापन हुन नसक्दा,बिरामी र बिरामिका आफन्तले सास्ती बेहोर्नुपर्ने हुन्छ।बिपतिका बेला झन स्वयमसेवी भुमिका निर्वाह गर्नु पर्नेहुन्छ। एम्बुलेन्सको उपयुक्त र शसक्त ब्यबस्थापन गर्नु को निम्ति सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस