विराटनगर ।विराटनगर १४ जतुवामा प्रेमीलाई नियन्त्रणमा लिएर किशोरीलाई सामूहिक बलात्कार गरिएको छ।
विराटनगगर १४ जतुवास्थित नहरको डिलमा भदौ १६ गते बिहीबार राति १० बजे १८ वर्षीया किशोरी बलात्कारमा परेकी हुन्। विराटनगरकै एक होटलमा साथीसँग जन्मदिन मनाएर उनीहरू फर्किएका थिए। जन्मदिन मनाएर प्रेमिकालाई छाड्न जतुवा पुगेका युवक र १८ वर्षीया युवतीलाई नहरको डिलमा मादक पदार्थ खाएर आएका ५ जनाले सुरुमा आक्रमण गरे।