तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाले अब ६० वर्ष पुगेका एकल पुरुषलाई पनि भत्ता दिने भएको छ ।गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमका अनुसार अब ६० वर्ष पुगेका र ६८ वर्षमुनिकाले मासिक एक हजार भत्ता पाउनेछन् ।
केन्द्र सरकारले नै ६८ वर्ष पुगेकाले वृद्ध भत्ता पाउने घोषणा गरेकाले त्यसपछि भने यो सुविधा काटिनेछ । सरकारले नै दोहोरो सुविधा नपाउने नियाम निर्माण गरिकाले उक्त सुविधा काटिने भएको हो ।गाउँपालिकाले घोषणा गरेको यो सुविधा यही महिनाबाट एकल पुरुषले पाउने गाउँपालिका प्रवक्ता कृष्णप्रसाद बाँस्कोटाले बताए ।
यसले एकल र विपन्न परीवारका लागि पुरुषका लागि जिवन यापनमा सहजता ल्याउने अपेक्षा गाउँपालिकाले लिएको छ ।सरकार एकल महिलाका हकमा समाज केही उदार बने पनि पुरुषहरू पनि उत्तिकै पीडित बनेको देखेर आफूले यो व्यवस्था लागू गर्न लागिएको गाउँपकाले जनाएको छ ।
सेवा प्रदान गर्नका लागि गाउँपालिकाको ७ वटै वडामा ६० देखि ६८ वर्षसम्मका एकल पुरुषको तथ्याङ्क संकलन गर्नसमेत सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
साझाचासाेबाट