पाँचथर–२०७७ साल माघमा पाँचथरको उत्तरी च्याङथापु बजारमा पुष्पलाल (मध्यपहाडी) लोकमार्गको कालोपत्रे गर्ने कामको सुभारम्भ गर्दा यो क्षेत्रका बासिन्दा निक्कै उत्साहित थिए । निक्कै तामाझाम गरेर चिवाभज्ञ्याङ–थुर्प खण्डको कालोपत्रे गर्ने कामको शिलान्यास गरिएको थियो ।
तर कामले भने गति पाउन सकेन । ठेक्का सम्झौता भएको मिति सकिन केवल ६ महिना बाँकि रहँदा कामको प्रगति १० प्रतिशत काट्न सकेको छैन् । तत्कालीन भौतिक पूर्वाधार तथा यातायत मन्त्री बसन्त नेम्बाङले कालोपत्रेको शिलान्यस गरेका थिए । शिलान्यास समारोहमा ठेकेदार कम्पनी शिवशक्तिका निर्देशक सुरेन्द्र पाठकले समयमा काम सक्ने बताएका थिए । तर ठेकेदार कम्पनीले काम नगर्दा कालोपेत्र कहिले हुने हो भन्ने अन्योलता देखिएको छ ।
चिवाभञ्याङ–थर्पु खण्डको कालोपत्रे गर्ने कामको वित्तिय प्रगति केवल ६ प्रतिशत देखिएको छ । १ अर्ब ४७ करोड १ लाख २० हजार ५ सय १० रुपैँयाको ठेक्कामा हालसम्म ९ करोड ७३ लाख १७ हजार १४ मात्र बजेटकोमात्र काम भएको छ । खर्च नहुँदा बजेट फ्रिज हुने गरेको छ ।
सडक कालोपत्रे गर्ने काम अत्यान्त सुस्त भएको छ । भारतको सिक्खिमसँग जोडिने लोकमार्गको सुरुवाती विन्दू मानिएको चिवाभञ्याङदेखि ५० दशमलव ६४ किलोमीटर सडकको कालोपत्रे गर्ने गरी तीन प्याकेजमा ठेक्का लागेको थियो ।
कममा ढिलाई हुदा स्थानीयले सास्ती भोग्नु परेको छ । काम कहिले सकिएला भन्ने अनिश्चितता रहेको छ । कालोपेत्र हुने कुराले उत्साहित स्थानीय आक्रोसित बन्दै छन् । ‘कामै भएको छैन । माघमा सक्ने भनिएको कालोपत्रे गर्ने काम कहिले हो कहिले भएकोछ’ स्थानीय अर्जुन बेघाले भने ‘यहि तरीकाले त कहिले कलोपत्रे होला र खै ?’
केहि हप्ता अगाडी त्यो क्षेत्र पुगेका १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोलाई स्थानीय बासिले कालोपत्रे गर्ने कामलाई छिटो गराउनकालागि पहल गर्दिन अनुरोध गरेका थिए ।
केहि महिना अघि अनुगमन गर्ने क्रममा कामलाई तिव्रता दिन निर्देशन दिइएको पाँचथर प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । तर ठेकेदार कम्पनीले टेरेको देखिदैन । प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार ठेकेदार कम्पनीका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिको उपस्थीतिमा लिखित निर्देशन दिईएको थियो ।
तीनवटा प्योजमा पहिलो प्याकेज रोशन शिवशक्ति जेभि, दोश्रो प्याकेज सन्तोषी शिवशक्ति जेभी र तेश्रो प्योकज रोशन शिवभक्ति जेभीले ठेक्का पारेका थिए ।
पहिलो प्याकेजमा १०, दोश्रो प्याकेजमा ३ र तेश्रो प्याकेजमा १० प्रतिशतमात्र काम भएको मध्यपहाडी लोकमार्गको फिदिम स्थीत कार्यालयका इन्जीनियर हिमाल काफ्लेले जानकारी दिए ।
पहिलो बर्ष माइल स्टोन अन्तर्गत ४० प्रतिशत काम सक्ने सम्झौता थियो। यसको म्याद ६ महिना थप गरेपनि त्यो काम नभएको इन्जीनियर काफ्लेँ बताउँछन्।
विभिन्न वाहानामा काम नगर्दा प्रगति अत्यान्त न्यून देखिएको प्रमुख जिल्ला अधिकारी यौपाने बताउँछन् ।
२०७७ माघ १९ गते दुई बर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरीएको थियो । चिवाभञ्याङलाई मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु मानिन्छ । यहाँसम्म भारतले पनि अघिल्लो बर्ष सडक ल्याईसकेको छ । पाँचथरको उत्तरी क्षेत्र तथा ताप्लेजुङका विभिन्न गाँउका बासिन्दालाई सुविधा पुग्ने यो सडकको कालोपत्रेको काम निक्कैनै ढिलाई भएको छ ।
चिवाभञ्याङदेखि च्याङ्थापु, फलैचा, ओयाम हुदै थर्पु जोडिन्छ । यि ग्रमिण बजारहरु हुन् । यो क्षेत्रमा ११ बर्ष अगाडी लोकमार्गको सडक पुगेको थियो । यो खण्डकमा कालोपत्रे गर्ने कामको ढिलाईले राष्ट्रिय लक्षमा समेत असर पर्ने देखिएकोछ । मध्यपहाडका २६ जिल्ला जोड्ने यो लोकमार्गको आर्थिक बर्ष ०७९÷८० मा सम्पन्न गर्ने लक्ष रहेको थियो ।