पाँचथर । पाँचथरे स्रष्टा सागर केरुङले लेखेको लिम्बु भाषाको नाटक ‘सिसेक्पा’ मञ्चन भएको छ । नाटक आइतबार ललितपुरस्थित चुम्लुङहिममा मञ्चन भएका हो ।
किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद केन्द्रीय समितिको आयोजनामा मञ्चन भएको सिसेक्पालाइ यासेली योङ्हाङ्ले निर्देशन गरेका हुन ।
लिम्बू आदिवासीहरुको चाड सिसेक्पा तङ्नाम (साउने सक्रान्ती) को बिषयबस्तुमा आधारित नाटकमा यासेली योङ्हाङ, उदय बेघा, मनु थक्लुङ, अम्बर तुम्बापो माइकल र बिबेक बेघा लगायतले अभिनय गरेका थिए ।