झापा । झापा कारागार चन्द्रगढी विकृतिको अखडा बनेको खुलेको छ। कारागार भित्र तास खेल्ने र रक्सीको किनबेच हुने गरेको एक कैदीबन्दीले प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरेर लेखेको पत्र सार्वजनिक भएसँगै त्यस्तो खुलासा भएको हो ।
एक महिला कैदीले कारागार तास र रक्सीको अखडा बनेको खुलासा गरिदिएकी हुन् । महिला कारागारमा चौकीदार रिता राईले कारागारभित्रै अवैध कारोबार सञ्चालन गरिरहेको सो पत्रमा लेखिएको छ। महिला कारागारभित्र चौकीदार राईले रक्सी , खैनी , सूर्ती , चुरोट ,हुक्का बिक्री गर्ने गरेको र पैसा लिएर तास खेलाउने गरेको पत्रमा उल्लेख छ ।
चौकीदार रितासँगै कमला मास्के, सुनिता हस्दा र सिता कटुवालले कारागारभित्र असोभनीय गतिविधि गर्ने गरेको ती कैदीबन्दीले लेखेकी छन् । उनले सबै कैदीहरुलाई छुटकारा दिलाउन माग गरेकी छन् । महिला कारागारभित्रका कैदीबन्दीहरु तनावमा बाँचिरहेको भन्दै उनले मानव अधिकारवादी र सञ्चारकर्मीको ध्यानाकर्षण गराएकी छन् । सो विषयमा यथार्थ बुझ्ने काम भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । आज प्रजिअ नेतृत्वमा कारागारको अनुगमन हुने चर्चा भएपछि कोशीअनलाइनले प्रजिअ रिजालसँग सम्पर्क गरेको हो।
प्रजिअ रिजालले अनुगमन गर्ने भन्ने भन्दा पहिला यथार्थ बुझ्ने काम भइरहेको बताए । ” कारागारमा छुट्टै प्रशासन हुन्छ” उनले भने,” त्यस विषयमा बुझ्ने काम भइरहेको छ, अनुगमन नै चाहिँ होइन।” उनले यथार्थ बुझेर समस्या तत्काल सुल्झाउने बताए। जिल्ला प्रशासन, जिल्ला प्रहरी र सुरक्षा निकाय बीच त्यस विषयमा आन्तरिक छलफल भइरहेको बुझिएको छ।
कैदीबन्दीले लेखेको पत्र जस्ताको त्यस्तै ।….
श्री सम्माननीय सिडियो साहेब
हामी यहाँ पीडित साथै अवैध कारोबार भएको जानकारी साथै छुटकारा पाऊँ भनी अनुरोध ।
लेडीज कारागारभित्र चौकीदार रिता राई हुनुहुन्छ । तर , यहाँ रक्सी पाउँछ । लुकाएर अति नै महँगोमा बेच्छन् । बाहिर खुकुरी रमलाई कति पर्छ ? यहाँ सानो गिलासले नापेर १५०० मा मा बेच्छन् । अनि बाहिर सिगरेट १० रुपैयाँ पर्छ रे । तर, यहाँ ३५० मा बेच्छन् । पर एउटाको १५ रुपैयाँ । खैनी , हुक्का सबै छ । के मान्छे यहाँ राज्यले कारागारमा राख्नुको अर्थ कानुन उल्लंघन गरेवापत सुधार्नलाई होईन र ? तर यहाँ त मान्छे खुङ्कार अपराधी भएर निस्किन्छ । यही प्रकारले प्रशासनले यो कुरामा नजर नराखेमा … । यहाँ चौकीदारले जे गरेनि हुन्छ । यहाँ बस्ने ३ वटा कोठा छ र ३ नंम्बरमा चौकीदार बस्छन् । त्यहाँ सुतेको ५० हजार लिन्छ र तास खेलाउँछ । ३–४ ठाउँ राखेर एक ठाउँ बराबर दिनभरिको ३०० , राति जतिबेरसम्म खेलून् ३०० । ३०० ᵡ ४ = १२०० दिनभरिको । त्यसैगरी बेलुकीदेखि बिहानसम्म १२०० । त्यसैगरी दोकान उसैको हुन्छ । सारा सामान महँगो छ । फोनमा आएको कलसम्मको पैसा लिन्छन् । विदेशमा कल गरेको ठाउँ अनुसार जति पनि लिन्छन् । इन्डिया–१५ , दुबई –४५ , रोमानिया –६५ , अमेरिका १५ , एन.टी. –५ , कतार– ४५ , साउदी– ४५ ।
घरगाउँबाट भेटघाटले पाएको हरियो परियो , घरमै फलेका केही सागसब्जी छिराउन दिदैनन् । कारण यहाँको बिक्दैन भनेर । यसरी हामी वर्षौ बस्ने कसरी बाँच्न सक्नु ? यहाँ बेला बेला त मात्दै लड्दै कुल्चिदै हिड्छन् । यहाँ कतिको त आफन्त बाहिर छन् । उनीहरुलाई जबरजस्ती पैसा झिकाउन लगाएर महिनामा ५०–६० हजार खर्च गर्न लगाउँछन् चौकीदारले । जाडो गर्मीमा सिग्नेचर गर्न लगाउँछ । तर , ६ महिना पछिकोले मात्र पैसा पाउँछ भन्छन् र सिग्नेचर गर्दा त पैसा पाउनुपर्ने ? संघसस्थाले दिएको सामानहरु पनि प्राय जस्तो चौकीदारले घर लैजान्छ । अस्ति एकजना कमला बोगटी नाम गरेकीले हस्पिटलमा नानी जन्माएकोमा पैसा पाएको थियो अरे । तर , उसको हातमा परेन । आफन्तले बाहिरबाट स्वदेश विदेश उसैको नामबाट झिकाउनु पर्छ । त्यसमा पनि उसको मनोमानी खुशीले पैसा ५००–१०० काट्छ । र , यहाँ सबैभन्दा पनि महँगो , भ्रष्टाचारमा हजुरले नजर लगाइ बक्सियोस् हजुर ।
यहाँ ३ नं कोठामा पहिला सबैको फोन पनि थियो । यो आउनेलाई सोध्दा हुन्छ । उसले बताउँछ । २०७७ माघ २७ गते बिहीबारको दिन त चौकीदार( रिता राई) बाहिरबाट खुट्टै नटेक्ने गरी मातेर आएको थियो । नाइके कमला मास्के र लक्ष्मी राई २ जनाले समातेर पिकेटबाट भित्र ल्याए । बाहिरका पुलिसहरुलाई पनि थाहा छ । रातिको गणनामा बाथरुममा लुकाए र अरु पटक पनि कहिलेकाही बाहिरबाट मातेर आउँछ । भित्र त खाइनैरहन्छ । उसैको हो । भित्रको मानसिक तनाव त छँदैछ तर, सबै जनतालाई भएको अत्याचारमा अति नै ध्यान दिनु होला । म पनि केही केही महिना पछि छुट्छु । हजुरहरुबाट नभए म मानव अधिकार , मिडियामार्फत आउनु नै पर्ने हुन्छ ।
हामी यहाँका जनताले बाहिर प्रशासनमा जेलरलाई भन्न सक्दैनौं । यहाँभित्र यस्तो भयो । यो भएन भनेमा त कुटेर लास बनाउँछन् । यस्तो कुरा बाहिर दिउन् त ज्यान मारेर आएको तर यस जेलको सबैको ज्यान समेत खाइसक्यो । यस्तो कुरा अलिकति पनि फोनमा वा भेटमा बोलेमा कोठामा लगेर कुट्छन् । यो कुरा दुधेको ब्लुचोकमा दोकान गरेर बसेका उप्रेती परिवारका बुहारी आशा उप्रेतीलाई सोध्दा हुन्छ । जेलरलाई केशको बारेमा कल गर्यो भनेर धेरै कुटेका थिए ।
पुलिसबाट नै यस्तो रक्सी , चुरोट , खैनी , हुक्काको सामान छिराउँछन् । यहाँ विशेष गरेर सारै भ्रष्टाचारी खुरापाती समझ भएको १) रिता राई २) कमला मास्के ३) सुनिता हस्दा ४)सिता कट्वाल छन् । यिनीहरुमा मानवता छैन । भित्र दानवको व्यवहार गर्छन् । यहाँका जनतालाई आफ्नो घरगाउँ नजिक जान्छु भन्दा सरुवा जानलाई धेरे पैसा माग्छन् । मेसको खानामा पनि तल्लो स्तरको चामलबाहेक सब्जी खुवाउँछ । लगभग सब्जीमा एक छाकमा ५०० पनि खर्च हुँदैन । अझ भ्रष्टाचार त धेरै छन् । चौकीदारलाई मन नपरेकालाई पिकेटमा बोलाएर उति नै खेर सरुवा फालिदिन्छ । एलिसा वर्देवा गत श्रावण १२ गते इलाम फालिन् । यी सबै कुरामा यस कारागारमा जनता साहै्र पीडित छन् । तर, बोल्नै नहुने । र, यो कुरा पनि सर यहाँभित्र थाहा नपाउन् । यहाँका मान्छे आफूभन्दा अन्धा भएर अरुलाई पनि अन्धा नै ठान्छन् । त्यसैले त अन्धाले अन्धालाई डो¥याउन सक्दैन ।
अनि सिडियो साब अहिले रिता राई चौकीदारले उसको यो असारदेखि १० लाखमा चौकीदार ठाउँ बेच्दैछ । भागमा दुई–दुईलाख कमला मास्के, सिता कट्वाल , सुनिता हस्दा पनि भागिदार अरे । ऊ पछाडि मुख्य नाइके विनु श्रेष्ठ हुनुपर्ने हो जनताको भनाइ चाहिँ ।