पाँचथर । प्रदेश सरकारले पाँचथरका स्थानीय तहका लागि आगामी आर्थिक वर्ष २०७९/०८० मा २१ करोड ३५ लाख ८३ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
इन्द्रबहादुर आङवोले सार्वजनिक गरेको बजेट वक्तव्यको विवरणमा फिदिम नगरपालिका र सात गाउँपालिकालाई समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान शीर्षकमा सो बजेट विनियोजन भएको उल्लेख छ । पाँचथरमा फिदिम नगरपालीका लाई २ करोड ६८ लाख ३६ हजार र सात गाउँपालिकाहरुलाई १८ करोड ६७ लाख ४७ हजार गरी कुल २१ करोड ३५ लाख ८३ हजार रुपैयाँ अनुदान उपलब्ध हुने भएको हो ।
जिल्लाको एक मात्र नगरपालिका फिदिम नगरपालिका नगरपालिकालाई २ करोड ६८ लाख, कुम्मायक गाउँपालिकालाई १ करोड ५७ लाख , तुम्बेवा गाउँपालिकालाई २ करोड ७ लाख, फालेलुङ गाउँपालिकालाई २ करोड ७८ लाख यसैगरी फाल्गुनन्द गाउँपालिकालाई ३ करोड ८५ लाख, मिक्लाजुङ गाउँपालिकालाई ४ करोड १ लाख, याङवरक गाउँपालिकाले २ करोड ६५ लाख र हिलिहाङ गाउँपालिकाले १ करोड ७१ लाख रुपौँया अनुदान पाउने छन् ।
जिल्लाले कुल २१ करोड ३५ लाख ८३ हजार अनुदान पाउने भएको छन् । प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, आन्तरिक आम्दानी र चालू आर्थिक वर्षमा खर्च हुन बाँकी अनुमानित बजेटलाई आधार मानेर स्थानीय तहहरूले आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र बजेट बाँडफाँटको प्रक्रिया थालेका छन् ।
कुन पालिकामा कति ?