जेठ १५ अर्थात् नागरिकका जनप्रतिनिधिहरूले सार्वभौम शक्ति प्रयोग गरेको दिन । राजतन्त्रलाई संसदीय मतदान प्रक्रियाद्वारा शान्तिपूणर् रूपमा बिदाई गर्न सफल भएको दिन हो, आज ।
संविधानसभाको पहिलो बैठक अर्थात् २०६५ जेठ १५ का दिन गडगडाहट तालीका साथ भारी बहुमतबाट घोषणा भयो, ‘नेपाल, एक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य ।’त्यही दिन संविधानसभाले तत्कालीन राजा ज्ञानेन्द्रलाई १५ दिनभित्र नारायणहिटीबाट हटाउन सरकारलाई निर्देशन दियो । संविधानसभाको निणर्यलाई शिरोधार्य गर्दै २०६५ जेठ २९ का दिन नारायणीहिटी खाली गरेका थिए । त्यहीकारण नेपालको राजनीतिक इतिहासमा ‘जेठ-१५’ लाई ऐतिहासिक दिन मानिन्छ ।
त्यो ऐतिहासिक दिनलाई फड्को मार्दै आज हामी १४ औं गणतन्त्र दिवस मनाउँदैछौं ।
नेपालमा गणतन्त्र आउनु अगावै राष्ट्र प्रमुख हुन राजपरिवारमै जन्मिएका ब्यक्ति अर्थात् राजाका छोराछोरी, राजपाठमा हुर्किएका शाही सदस्य मात्र हुन पाउने व्यवस्था थियो ।
गणतान्त्रिक नेपालमा जन्मिएका हरेक नागरिकले आफ्नो स्वतन्त्रता, राष्ट्रप्रेम अनि स्वछन्दताका आधारमा भविष्यको राष्ट्रपति हुने सम्भावना बोकेर जन्मिएका छन् । आज नेपालमा ७ प्रदेशहरू अनि प्रादेशिक शासन स्वरूपमा गणतन्त्रको नयाँ खाका कोरिइ पनि सकेको छ । अर्थात् संघीय स्वरूपमा चलिरहेका छौं ।
जनआन्दोलन २०६२/०६३ को जगमा गणतन्त्र घोषणा भएको एतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो मनाइँदैछ ।