तेह्रथुम । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको जन्मथलो आठराईमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । ६ हजार ३ सय ९४ मत गणना गर्दा काँग्रेसले अध्यक्षमा ९ सय २१ मत र माओवादी केन्द्रले उपाध्यक्षमा ३ सय ३० मतले अग्रता लिएको छ ।
वडा नम्बर १, २, ३, ४, ५ र ६ को मत गणना गर्दा गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका दिलकुमार पाहिमले ३ हजार ५ सय ९९ मत प्राप्त गरेका छन् ।
अध्यक्षका अर्का प्रतिस्पर्धि नेकपा एमालेका रामचन्द्र थपलियाले २ हजार ६ सय ७८ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा गठबन्धनबाट उम्मेद्धार बनेका माओवादी केन्द्रका बलिराज ईङनामले ३ हजार ९६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकी रुपादेवी कन्दङवाले २ हजार ७ सय ६६ मत पाएकी छिन् ।
आठराई गाँउपालिकाको वडा नम्बर १, २ र ३ को मतगणना सकिएको छ । वडा नम्बर १ संक्रान्तिबजारको वडा अध्यक्षमा नेकपा एमालेका प्रेमराज लिम्बू विजयी भएका छन् ।
वडा नम्बर २ खाम्लालुङको वडा अध्यक्षमा नेपाली काँग्रेसका भिमबहादुर लिम्बू विजयी भएका छन् ।