पाँचथरमा आइतरबास सम्म सकृय कोरोना संक्रमितहरुको सख्या तीन सय ७७ पुगेको छ । आइतबर मात्र जिल्लाको बिभिन्न ठाउँमा भएको परिक्षणमा ४८ जना कोरोना संक्रमित पुष्टि भएका थिए । परिक्षणको दायरा बढे संगै कोरोना संक्रमितहरु पनि बढि रहेका छन् । जिल्लामा निको हुने दर पनि बढ्न थालेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अनुसार आइतबार ९१ जना संक्रमित निको भएका छन् । संक्रमितमध्ये दुइ सय ६७ जना होम आइसोलेसनमा छन् । १० जनाको एचडीयूमा उपचार भइरहेको छ भने तीन जनाको आइसोलेसनमा उपचार भईरहेको छ । जिल्लामा केरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । आइतबार नै जिल्लामा ठुलो संख्यामा कोराना संक्रमितहरु कोरोना जितेर घर फर्केका छन् ।