इलाम । इलाम नगरपालिकामा नरेन्द्रनाथ भट्टराईको टिकट खोसेर एमालेले अर्का उम्मेदार धीरेन चेम्जोङलाई मेयरमा उठाएकाे छ । एमाले प्रदेश कमिटीले भट्टराईको नाम सिफरिस गरेर पठाएको थियो । तर, उम्मेदारी दिने अन्तिम समयमा भने चेम्जोङले टिकट पाएका छन् ।
मेयरको मनोनयन दर्ता गर्ने बेलामा जिल्ला कमिटीले चेम्जोङको नाम सार्वजनिक गरेको हो । यो विषयमा भट्टराई केही प्रतिक्रिया दिएका छैनन् । पुराना नेता नरेन्द्रनाथ भट्टराई मेयरमा उठाइनेबित्तिकै नगर कमिटीका पदाधिकारी र सदस्यले राजीनामा घाेषणा गरेका थिए । प्रदेश कमिटी त्यसैकाे दबाबमा परेकाे हाे ।