फिदिम । फिदिममा सत्ता गठबन्धनले मनोनयन दर्ता गरेको छ । नेपाली काङ्ग्रेसबाट मेयर पदका लागि मित्र प्रसाद काफ्ले माओवादीबाट उपमेयर पदका लागि राधाकृष्ण न्यौपाने मनोनयन दर्ता गराएका हुन् । पाँचथर गठबन्धनमा नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजबादी रहेका छन् ।