इलाम । नेकपा एमालेले इलामका सबै स्थानिय तहमा उम्मेद्धारहरुको टुंगो लगाएको छ । एमालेका तर्फबाट इलाम नगरपालिकामा मेयर पदमा नरेन्द्र नाथ भट्टराई र चित्रमाया गुरुङको नाम टुंगो लगाइएको हो । त्यस्तै माई नगरपालिकामा खम्बसिंह लिम्बू र उपमेयरमा हिमा भण्डारीले उम्मेद्धारी पक्का भएको हो ।
यि दुई पालिकामा अझै बिबाद छ । मेयर पदमा आफ्ना मान्छेलाई टिकट दिइएको भन्दै इलाम नगरपालिकाका एमाले कार्यकर्ताले पार्टी कार्यालय इलाममा तालाबन्दी गरेका छन् । माई नगरपालिकामा समेत एमाले बौद्धिक बिचार समूह भन्दै तालाबन्दी गरिएको छ । उनीहरुले निर्णय सच्याउनु पर्ने माग गर्दै बिरोध सुरु भएको छ ।
सूर्योदय नगरपालिकामा मेयर पदमा काजीमान कागते र उपमेयरमा दुर्गादेबी भट्टराईले उम्मेद्धारी पक्का भएकाे हाे । त्यस्तै देउमाई नगरपालिका एमालेका तर्फबाट पुरानै उम्मेद्धारको टुंगो लागेको छ । मेयर पदमा सूर्यप्रसाद पोख्रेल र उपमेयरमा पविमाया राईलकाे उम्मेद्धारी पक्का भएकाे छ ।
सन्दकपुर गाउँपालिकामा अध्यक्षमा पुरानै उम्मेद्धारले मौका पाउनु भएको छ । उपाध्यक्षमा भने तुलसादेवी सेडाईले मौका पाउनु भएको छ । चुलाचुली गाउँपालिकामा अध्यक्षमा ओम नारायण खनाल र उपाध्यक्षमा दिलु लावतीले टिकट पाएका छन् ।
मांसेबुङ गाउँपालिकामा हेमन्त राई र सुनिता सुब्बाले टिकट पाएकीछन् । फाकफोकथुम गाउँपालिकामा अध्यक्षमा दिपेन्द्र खनाल र उपाध्यक्षमा कल्पना राईले टिकट पाएकी छिन् ।
रोङ गाउँपालिकामा मेहेरमान तामाङ र बिष्णुमाया खवासले टिकट पाउनु भएको छ । माईजोगमाई गाउँपालिकामा कुशबहादुर थेवेले अध्यक्षमा र उपाध्यक्षमा पुरानै उम्मेद्धार सावित्रा भट्टराईले टिकट पाएका छन् ।