सगुन सुसारा
पाँचथर । मान्छेहरुको संगत आ–आफ्नो बिशेषता र परिस्थितिका हुन्छन् । ती बिशेषता र परिस्थितिले हाम्रा मनलाई छुन्छ । दिललाई छुन्छ । छुनु कति सकारात्मक हुन्छन् भने कति नकारात्मक पनि । ‘यो’ मानव जीवनको यथार्थता । हो, कति यथार्थ कुरा सहन, परगेल्न निकै सकस पर्छ । त्यही सकस नै सायद स्मृति होलान् ? विस्मृति पनि ? हो, यही स्मृति र विस्मृतिलाई साँची राख्छौं क्यार ? सम्झी राख्छौं क्यार ? साँच्नु पनि खास कारण हुनु पर्छ । सम्झनु पनि खास कारण हुनु पर्छ । अँ, कारण जे पनि हुन सक्छ । यही ‘जे’ बाट म पनि आएको छु । आउन वाध्य छु । भएको छु । जे भनेको सन्देश राई हो ।
सन्देश राई मेरा माध्यमिक तहका शिक्षक हुन । उहाँले मलाई कक्षा ९ र १० मा (२०५२/५३) कार्यालय सञ्चालन र लेखा भन्ने बिषय पढाउनु भो । उहाँलाई म भन्दा अगाडिका विद्यार्थीहरु साह्रै कडा मास्टर (शिक्षकलाई मास्टर भन्ने गर्थे) भन्थे । कक्षाकोठामा साँच्चै उहाँ कडा नै रहेछन् । तर म भन्दा अगाडिका विद्यार्थीहरुले भने जस्तो होइन । कक्षाकोठामा विद्यार्थीलाई कन्ट्रोल गरिएन भने कक्षा पक्कै पनि राम्रो हुदैन । विद्यार्थी स्वभावैले चन्चले, चक्चके हुने हुँदा उहाँको व्यवहार पक्कै कडा हुने गथ्र्यो । हो, साँच्चै कडा । ‘ओइ तेरो गोलभेडा अइले म झ्यालबाट बाहिर फालिदिन्छु नि !’ उहाँको रेडिमेट बोली —कक्षाकोठामा कतै (अन्तै) आँखा लाउँदा । अनि, अलि खिस्स हाँस्यो भने —‘तेरो मुसे दाँत देखाउँछस् ?’ कक्षा नियन्त्रणका लागि एति भए पछि काफि । बोली केही खस्रो भए पनि पढाई (सिकाइ) अति राम्रो । मजाले बुझाउन सक्ने खुबी । विद्यार्थीहरुको मनोभावलाई बुझि हाल्ने ।
बहुदलीय प्रजातन्त्रको पुनःस्थापना पछि उहाँले राजनीतिलाई अलि बढी समय दिन थाल्नु भयो । अझ एसो भनौं, सन्देश राईले शिक्षक जागिर छाड्नु भयो । २०५४ को स्थानीय तहको निर्वाचनमा रबि गाउँ विकास समितिको अध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्सवादी लेनिनवादी) बाट निर्वाचित हुनु भयो । त्यस बेला मैले पनि एउटा सिफारिस बनाउनु पर्ने भयो । काम अलि जोखिम खालको थियो । पढाउँदाको कडा मिजासका कारण मेरो काम गरिदिनु हुन्न कि ? भन्ने लागेको थियो । तर मैले सबै बेलिबिस्तार लाए पछि उहाँले सजिलै सिफारिसमा हस्ताक्षर गरिदिनु भयो । त्यस पछि मात्र मलाई लाग्यो कि सन्देश राई बोलीमा जति कडा भए पनि व्यवहारमा कोमल रहेछन् । काममा सहज रहेछन् । अझ एसो भन्न मन लाग्यो —जनताको हितमा कति पनि नहिच्किचाई काम गर्ने जनप्रतिनिधी । हुन त मेरा एक कामले मलाई त्यस्तो लागेको पनि हुन सक्छ ?
अलि पछि सुनेँ —सन्देश सरको श्रीमति अरुले लगि दिएछ । मलाई एक प्रकारको विस्मय, आश्चर्य लाग्यो । कसरी ? उहाँहरु जस्तो सुझबुझ भएको परिवारमा कसरी एस्तो भयो ? शिक्षकलाई निकै भलाद्मी, चेतनशील लाग्थ्यो मलाई उतिखेर । यो घटनाले मेरो त्यो बुझाई गलत सावित गरिदियो । अझ पछि सुनेँ —कवितालाई बिहे गर्नु भयो रे ! कविता ??? म निकै सोचमग्न भएँ । बिहे गर्नु पर्ने वाध्यता एकप्रकार थियो नै । नगरे पनि त हुन्थ्यो नि ! ‘म’ बाझि रहेँ । कविता त हाम्रै सहपाठी पो रहेछन् । अहिले सम्झन्छु, जन्म, विवाह र मृत्यु लेखिएरै आएको हुन्छ —सत्य लाग्छ । सहपाठी साथीहरु को कता, को कता पुगे पनि अलि मधुर मधुर रुपमा कविता जीसँग सम्पर्क, कुराकानी भइ रहेको थियो । अचानक सन्देश राईलाई पक्षघात हुन पुगेछ । म मेरा शिक्षक भएको नाताले हेर्न पुगेँ । त्यसो त त्यो भन्दा अघि पनि मेरो किताब पाँचथरमा राईहरुको शोधको क्रममा उहाँको निवास पुगे कै हुँ । त्यस बखत कविता जीको हातको चिया खाएकै हुँ । विद्यालयमा सँगै पढेको भए पनि कक्षामा खास बोलचाल थिएन कविता जीसँग । सन्देश राईलाई भेटेर शिघ्र स्वास्थ्य लाभको कामना गरेर फिरेँ । यो खालि एक औपचारिकता थियो । तर यो औपचारिकतामा हाम्रो आत्मियता घोलिएको थियो । एउटा श्रद्धा थियो ।
ए, यो भन्दा अलि अघिका केही स्मृतिहरु पनि रहेछन् । फिदिममा रहेर म स्थानीय र राष्ट्रिय पत्रिकाहरुका केही न केही (खस र बान्तावा भाषामा) लेखिरहेको हुन्थेँ । त्यसखेर मेरो कलम अलि बढी चलायमान थियो । एकदिन उहाँकै निवासमा म पुगेको थिएँ । उहाँले त्यतिखेर भन्नु भएको थियो —‘सगुन भाइ अब म पनि केही लेख्ने विचारमा छु, यसो हेरिदिनु प¥यो है ?’ म अवाक भएँ । अनुभवले म भन्दा परिपक्व मान्छे । विचारले म भन्दा खारिएको मान्छे । चेतनाले म भन्दा उच्च मान्छे । कस्तो गाँठो परे जस्तो भो मलाई । खै किन हो ? मलाई भाइ भन्नु हुन्थ्यो । मैले भनेँ —‘सर खै मेले के हेर्ने र ? मेरो हैसियत नै पुग्दैन ।’ उहाँ त झन नरम भएर पो बोल्न थाल्नु भयो —‘तिमीहरु भनेको सबै कुरामा अपडेट छौ, हामी ती कुराबाट टाढा छौं ।’ मैले लेखनका क्रममा गर्नै पर्ने कुरा सम्झेँ —पढ, पढ र फेरि पढ । सायद यही कुरालाई बुझेर उहाँले मलाई त्यसो भन्नु भएको होला ? मैले भनेँ —‘हुन्छ सर । तपाइँको चाहाना छ भने मेरो आफ्नो दृष्टिकोणले, आफ्नो विचारले जे देख्छु त्यो भन्छु ।’ अनि हामी छुट्टियौं । र त्यो कुरा त्यहीँ रह्यो ।
तिथि मिति ख्याल नगर्ने मेरो अति राम्रो बानी छ । कुनै एक समय सन्देश राई र कविता जी फिदिम कामको सिलसिलामा आएर फर्कदैँ हुनुहुदो रहेछ । अचानक राँकेमा भेट भयो । रबि जाने गाडी पर्खनु पर्ने भएकाले हामीलाई गफ गर्ने प्रशस्त समय थियो । हामीले राजनीति र साहित्यका बारेमा निकै कुरा ग¥यौं । मलाई त्यहाँ एउटा कुरा भन्नु भयो —‘लेखनमा परिपक्वता भयो भने मात्र राम्रो हुन्छ नत्र त … ।’ मलाई के ले घोेचे जस्तो भयो । लक्ष्य मतिर थिएन । छँदै थिएन । तर झस्किएँ । तर्सिएँ । कुरा खासमा यथार्थ थियो । खास थियो । एति भने पछि हाम्रो संवाद, वार्तालाप बन्द भयो । मैले सुकुम शर्माको —‘नेपाली भाषा, साहित्यमा आन्दोलन – २०७६’ नामक किताब बोकेको थिएँ । त्यही किताब उहाँले पल्टाउन थाल्नु भयो । त्यहाँ हाम्रो (म लगायत भवानी तावा, राज माङलाक) उत्तरवर्ती सोचका बारेमा पनि लेखिएको थियो । त्यो पढी सके पछि उहाँले भन्नु भयो —‘भाइ तपाइँहरुको प्रगति देखेर मलाई पनि खुशी लाग्छ । यो कार्यलाई निरन्तर दिनु ।’ म पुलकित भएँ । नाक फुलाएँ । अनि —‘हुन्छ सर’ भनेँ ।
हाम्रा विचारहरु कहिले आफ्नै कारणले र कहिले केही पारिस्थितिक कारणले फेर बदल गर्नु पर्दो रहेछ । सायद यही भएर होला ? लोकतान्त्रिक गणतन्त्र पछि सन्देश राईले राजनीति धार बदल्नु भयो । राजनीति विचार बदल्नु भयो ।
त्यति लामो समय एउटा विचारमा जीवन बिताएकाहरुले त्यसरी विचार नबदलेको भए हुन्थ्यो जस्तो लाग्छ मलाई । हुन परिवर्तन पनि त चाहियो नि ! यसको मतलब म कुनै पार्टीप्रति बफादार र अनुदार होइन । सन्देश राईले नेकपा एमाले त्यागेर संघीय समाजवादी पार्टी समात्नु भयो । यसो गर्नु पर्ने उहाँको आफ्नो वाध्यता होला ? आफ्नो उद्देश्य होला ? त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । तर मलाई निको लागेन । चित्त बुझेन । बाँचुन्जेल भएका इ भेट, परिवेश आज एक विस्मित भएको छ । त्यही विस्मितताको यो एक औपचारिकता, एक अनौपचारिकता । या त एक स्मृति, या त एक विस्मृति ।
सन्देश राईसँगका इ स्मृति र विस्मृतिमा छु । उहाँले भने जस्तो उहाँका रचनाहरु जीवित भएको बेला हेर्न त पाइन । हेर्न पाएको भनेको उनको राई बान्तावा भाषाको कविता मात्र हो । त्यसका बारेमा त समालोचना नै गरेको थिएँ । सायद उहाँले पनि त्यो चाँही हेर्न पाउनु भयो होला ? अरु खस भाषाका रचनाहरुमा पस्न पाएको थिइन । अवसर पनि जुरेको थिएन । उहाँको संकलित रचनाहरु निकाल्ने कविता जीको जोर पछि भने हेर्न मौका मिल्यो । गजलहरुमा सन्देह छ । गजल एउटा शास्त्रीय बन्धनमा बाँधिएर लेखिने विधा हो । यसका केही नियमहरु छन् । जसलाई गजलको मुटु पनि भनिन्छ । आत्मा पनि भनिन्छ ।
यसलाई अनिवार्य पनि मानिन्छ । कविताहरुमा जीवनका उच्छबास, निराशा, गरिबीता जस्ता कुराहरुलाई उठाएका छन् । जीवन यात्राका अवरोधहरुले अब उज्यालोको खोजीमा छन् । कसैको साथ कहिल्यै नटुटोस भन्ने भावना छ । नारी संवेदना पनि पाउन सकिन्छ । देशप्रतिको भक्तिभाव छ । देशलाई बबार्द पार्नेप्रति सचेत छन् । छोरी प्रणुप्रति अति विक्षिप्त छन् । हुन पनि कुन बाबु आमालाई आफ्नो छोराछोरी प्रति स्नेह राख्दैनन् । बाबु आमा भेट्न आउँदै गरेको छोरी एक्सिडेन्टमा पर्नु कति मर्माहत कुरा हो ? कति विदारक कुरा हो ? छोरीको यो घटनाबाट आफू पनि अब यो धर्तीमा रहनुको कुनै औचित्य नभएको भान लिन्छन् । बाँकी, त रुनु भन्दा केही रहेन । बाँच्नुको अर्थ रहेन । आखिर जे जे भए पनि सबै कुराले मन छुन्छ । सबै बातले मन छुन्छ । सन्देश राईका कवितामा इनै कुराहरु पाइन्छ । त्यस बाहेक राई बान्तावा भाषाको कविताको सन्दर्भमा एसो भनेको रहेछु ः—
डोट्खालाम टिट्याङ्सा हे ?
पान्थराडा, बान्तावा यÞङ्डा छाप्कावाचि आइमिट चिचिडाङ पोन्याङ । फान्टाचि मो लाम्डा लोट्मा लाम्याङ । लोयिन्यान्लो ढाम्सिन हे ? लेङ्सिन हे ? ढुक्टिन हे ? अÞचि खा खाङ्मा लि हे ? खो क्पाचिवो छाप्चु अÞचि येन्नियान हे ? सोमो मोवा ओन बियाङ (छाप्चु) । खुइसालो, लाम वाङिन हेडा बिमावोलो खान्नुलो खा खाङ्सा ङे । मो यÞङ खोक्पाचिआ सिन्टावो याआङ हे ? छाप्कायुङ्काबाडा, सगुन सुसारा नÞङ राज कुमार इसारा याआङ । मोचि छाङ डेम्का लेन छाप्चि, माङ्कोले न सिन्टिमिन । कइले कइले छाप्कावाचिडा विरदल दावा, इन्द्र डाक्बुङ, दिलेन्द्र राइ, सन्देस राइ, गनेस साम्पाङ, गिता बान्तावा, हरि बहादुर राइ, सोम बान्तावा, लछ्मि साम्पाङ, उर्मिला राइ, ग्यान बहादुर राइ, मनिराम राइ याआङ । ओचिडा, आइ अÞङ्का सन्देस राइवो मिन्छाप फोलुङ् याङ ।
बुङ्वाखावो वालेन, ५०७४ डा लो न्टावो मिन्छाप÷सालामवो नÞङ याआङ ‘ मिन्चिलाम’ । टोप्पाङ हाङओ ! छुक फेङ्सा, यÞङ सेन्सा सेन्चिलादा लाम सेङसा, खा एन्सा फेङ्सिमिन्ने लेङ्सिमिन्ने । किरावाचिडा छुक फेङ्सा सेवा मÞमावो खान्नुवो दुम याआङ । ओडा छाङ मो छुक फेङ्याङ्सा टोप्पाङ हाङ यÞङ सेन्सा खाट्मावो दुम याआङ÷यÞङ्याङ । मो से न्चिलाडा लाम सेङ्सा, खा एन्सा खारिन् यान्लो मÞना फेङ्सिमिन्ने । फिसिमिन्ने । यÞङ मÞम्याम्लो लेङ्सिमिन्ने । आन ले मडा यÞवा याक्निन्केआ ङे कोइबेन ले म लेङ्खाट । टोप्पाङ हाङ्वो, छुक फेङ् मा टोक्टिन, यÞङ सेन्मा टोक्टिन । आइवो छाचिआ मो यÞङ्चि, दुमचि सिन्टुमडाम हेडा ङे नेक्लो टाकावाचि लोमा टोक्टुम । लु मोको टायाचि हामाडामा लिवो नइ । मो यÞङ्डा फेङ्सिमिन्ने, लेङ्सिमिन्ने । अÞङ् कान किरावाचि चुप्पाङ–चुप्पाङ यÞङ्डा छाङ फेङ्सिन्चिन्को मÞना । चासुम हाङमो ! चासुम डोट्सा खादा सिओ खाम सोट्सा दिवाचि मिटुम्ने चुप्पाङ्चि टिट्टुम्ने । मÞना मान्चापाङ लेयिमिन । चामावो लो चासुम डाङ्काये । खुन्किआ ङे हान चासुमहाङ्माडा चासुम डोट्मा लि ।
चासुम डोरिन्केआ खाडा टोक्टिन्ना । मो सिवो ठोङ्चिडा सोट्सा, चासुम पाक्मा लि । साक्मा लि । मो चासुम सिकेआ आन दिवापाचि मिट्मा लि । दिवापाचिआ ङे चासुम पाक्मा ठाक्मा मÞना चिन्टावो । अÞङ्कान किरावाचिवो रिदुमपादुमडा आखुमाङडाङ्काङा दिवाचि मिट्मावो याङा । दिवाचि मिट्टुमकिआ ङे चुप्पाङचि (टायाङकोचि) टिट्मा लि । टिट्मा लि यÞङ्मावो आखुमाङडाङ्का लिसावो दुम, यÞङ्चि पÞमावो, हामावो । खाबाहाङ्पो ! फेवा मिसा वाचेमनिन्ने वाछाप इसा खाबा बोपदा अÞढानिन्ने सिन्मान्चिनओ चिन्मान्चिनओ । अÞङ्कान÷मÞना हेन्खामाडा टान्किआ डि–डि डोरिन ? डि–डि लामिन ? मोडा खाबा (छाप्कामिवो यÞङ्डा छेन्बि, फेअ् वा) छे लामिन । लु मोको छेन्बि वाछाप (चाअ्वावो बुम्पाङ) इसा ढानिन्ने । मो यÞङ्मावो छेन्बि फोसोसोवा लुक्निन्ने । खाबाहाङ्पो ! मो फेअ्वा बिच्चाडा (व्यर्थै) सोम्निन्ने । खाबाहाङ्पो ! आइ मोको आइ सिन्मान्चिन्वो, चिन्माचिन् वो । निचिआ छेन्बि खाइसारि युÞङ्याङ ? खाइसारि कामा पाक्याङ ? मोको सिन्मावो, मोको चिन्मावो किरावाचिडा । मो यÞङ मान्सिन्डिनकेआ ङे अÞङ्कान छुयुप्मि (दुःखी, गरिब) लिसिन । लु कामा पाक्मावो सिन्टिन्ने, चिन्टिन्ने । सारिबुङ्मो ! सारि सेङ्सा सिसुमछाचि लामदा ढेन्सा खिम म्हुमा बाखा युङ्मा हियारिबुङ्मो, हियारि दोत्सा साप्टेन भेलुङ झारा कोप्सा कोङ सेङ्सिन्ने साखाम युङ्सिन्ने ।
आइ मÞनाडा, होनडा, हेन्खामाडा सारिमा याआङ । ए ! सारिबुङ्मो ! लु झारा सारि सेङ्मावो नइ । खाडा–खाडा डि–डि सारिमाचि याआङ ? सिसुमछाचि लामडाङ्का डेन्मा नुनिन्को नइ । माो चिलो केन्मा लि, पोन्मा लि, खाङ्मा लि । नेक्लो मोचिआ ङे खाना खाङ, केन । माआङ्लो खिम–खिमडा मÞनाचि खि, म्हु । लु सारिबुङ्मो मोचि सेङ्मावो नइ । ओ बाखाडा सिसुमचि खाङु कि आम सोम टुक्निन ? मÞनाचि म्हु हेडा आम छेमा काट ? लु खुइसा माआङ्को नइ । मोचि झारा सेङ्मावो नइ । ए ! हियारिबुङ्पो हियारि डोट्सा (छाप्कामिआ यÞङावोसाआ—एनचे प्लाडा) ओनइ । साप्टेन मेलुङ झारा को प्सा ओनइ । किरावाचिओ हियारिडा सोम याआङ, कोङ याआङ । मो कोङ, सोमआ ङे साप्टेन कोप । मÞना मो साप्टेनवो बुङ् वा हे । खुन्किआ ङे खान्नुवो डारिन्यान । मोडा छाङ कइले कइले आन कोङ सेङ् निन हे ? लु आइ लो सेङ्मा लि । साप्टे नडा नाभाता डेम खान्अÞट्को डारिन । को ङ सेङ्केआ ङे साखाम युङ्सिन । साखाम युङ्मावोलो साप्टेनडा लिसा ठाङावो ङा । साखाम युङ्मावोआ ङे साप्टेन–साप्टेन सिन्पा मÞन, कोप्मा मÞन । याविहाङ्पो सखÞ प ठोक्मा, दोङ छाक्मा Þ वाबुप चोङ्डा सोलेवा सान्मा ठिन्टानुम्चे चिन्टानुम्चे दिवापाओ, निनाम्मा,ढिलुङ,सुप्तुलुङ आन लाम, आन छाम, आन यÞङ फान्टाकेसा मान्टाकेसा किरावाचिवो मावि (ढानि याविहाङपो माआङ माविहाङ्पो निमाङ, छाप्कामि सुट्डा एन्चेप्लाडा चेवाचा हेडा यÞङावो) याक । माविआ सेहेँ ढान्नु । खोन्नु छाङ ओडा छाप्कामिआ सÞखÞप ठोक्मा लो ङु । ओको अÞचि मान्टोङ हे मिन्ङा ।
लु काइ कोइचिआ मिसा छाङ मÞ ओन्डे ? चÞ ओन्डे ? ए ! डोङ छे छाक्मा निमाङ । किरावाचिओ मोकोलो खान्नुवो साङ्मा बान ये । वाबुप चोङ्डा सोलेवा सान्मा छाङ मान्टोङ हे ? खाम हेडा मोचि अÞचि टोङ्निन । कामा चइ अÞक्टाङा मÞ । को इचिआ चइ सोलेवा माङ्पा ठोम्याङ युङ् नालो वाबुक चइ चाअ्वाचि युङ्मावाडा कामा पाक । खुइसालो अÞक्टाना अÞक्टा टोक्निन्कोडा मोकोङा कामा पाक । एइ, आइमिट्को छाचिआ (मÞनाचिआ) सÞखÞप ठोक्मावो मान्टाकेसाचिया, डोङ छाक्मा छाङ लेनिन, वाबुक÷सोलेवा छाङ कामा पाक्मा लेनिन्किआ ङे ठिन्टानुम, चिन्टानुम माविहाङ्पो । ए ! दिवापा, आइमिट्को छाचिआ निनाम्मा, ढिलुङ, सुप्तुलुङ, आन लाम, आन छाम, आन यÞङ फान्टाकेसा, मान्टाकेसा, आइयोक (आधुनिक) लिसा कि । मो लाम छे टिट्मा लि । मो लामडा छे वाङ्मा लि । टिट्टुम्यामलो, वाङिन् यान्लो आन भेन छाङ खाङ्मा लि हे ? लाम्मा लि हे ? सिन्मा लि हे ? दिवापाउ ।
अÞङ्कान (किरावाचि) आन ढिलुङआ, सुप्तुलुङआ, आन यÞङआ सिन्टिन्को । ओ को आन्को सिन्यÞङ (पहिचान) । मोको ङा फेन्टुम खाइसुम, मान्टुम खाइसुम्किआ डिडा सिन्मान्चिन्वो ? टायाहाङ्ओ ! टाया पोयाङ छÞ हासा डेङ्सा लिसिन्कि लाम छाङ मासा लाङ सोट्टाने बुङ्वाखा कोप्टाने । मÞना टायाआ ङे बड्ढे–बड्ढे बुसि वाङिन । तायामि, इन्जिनियर, डाक्टर, पाइलट, छाप्कामि, पत्रकार, बुसुमि डिचिवो डिचि, खान्नुवो टायाआ । खान् अÞट्को टायाआ मÞना हिम्सावा, पेसोक लिसिन । मुस्कोसाआ खान्नुवो कामा डि छाङ मÞमा रÞन । खुन्किआ ङे टायाहाङ्पो ! टाया पोम्याङ (पोयाङ माआङ पोम्याङ निमाङ, छाप्माकिआ यÞङावो) छÞ हासा । किरावाचिडा माङ्पा, मावि लोन्याङ् को मÞनावो अÞ छÞ हा नालो टाया पोप । खुन्किआ ङे खान्नुलो सान्दिवाडा साया चोक्मान्चिन लि । छÞ हामा नुनिन । आन टाया पोप्केआ ङे अÞङ्कान डेङ्सि लिसिन । डेङ्सि लिसिन्किआ ङे आन लाम मान्टुम खाइसुम, मा खाट ।
लु, खुन्किआ ङे लाङ सोट्टाने । लाम वाङाने । आन बुङ्वाखावो निम्पाङ । आन साप्टेनवो निम्पाङ । आन होन्वो निम्पाङ । आन रिदुमपादुमवो निम्पाङ । अÞचि बड्ढे आन मÞनाचिवो निम्पाङ । सन्देस राइआ मिन्चिलाम मिन्छापडा आइमिट्वो मÞनाचिआ मान्याङ केयाङ् वो यÞङ्चि मÞमा, बान्चि खोम्मा, सारि माचि सेङ्मावो यÞङ मÞङÞ । आइयोक लिमा लाम्याङ्सा ढिलुङ, सुप्तुलुङ, छाम, यÞङ मान्माकेमा नुनिन यÞङ्याङ । डोङ छाक्माकि साङ्मा हेडा डेम एन्नुलो साङ, सÞखÞप ठोक्टुमकिआ टाङमÞवÞा खÞट्टु हेडा डेम चानु । मोचि झाराक मान्माकेमा नुनिन यÞङ्याङ । लु मोचि मिट्याङ्सा लाङ चइ बुसि सुट्टुम्ने छाप्कामि मिन्छापडा यÞङ्याङ ।
बुङ्वाखा १५१ (पछि रÞमिपाङमिचिवो मिन्मा २०७७ मा प्रकाशित)