ताप्लेजुङ । नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति र फक्ताङ्लुङ गाउँपालिका कार्यसमितिका सभापती नेकपा एमालेमा प्रवेश गरेकाछन् ।
पूर्व उपसभापति मणी लाबुङ र गाउँपालिका कार्यसमिति सभापति भद्र बोखिमको टीम एमालेमा प्रवेश गरेको हो । शनिबार ईखाबुमा आयोजित कार्यक्रमका बीच उनिहरुलाई नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीमा स्वागत गरेको फक्ताङ्लुङ पालिका कमिटि सचिव विरेन्द्र दाहालले जानकारी दिए । उनका अनुसार नेकपा माओवादी केन्द्रबाट निमा शेर्पाको टीम पनि प्रवेश गरेको बताईएको छ । नेपाली कांग्रेसको पालीका अध्यक्षको उम्मेदवारका आकांक्षी रहेका बोखिम गठबन्धनका कारण फक्ताङलुङ गाउँपालिका माओवादी केन्द्रको भागमा परेपछि रुष्ट रहेका थिए ।
उनीहरुले सत्ता गठबन्धनको निर्णय पछि पार्टीबाट राजिनामा दिएका थिए ।