तेह्रथुम । आठराई गाउँपालिकाका १० जना जनप्रतिनिधिले पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनेहरूमा वडाअध्यक्षदेखि सदस्यसम्म रहेका छन् ।
निर्वाचन आयोगले जनप्रतिनिधिकै हैसियतमा उम्मेदवार बन्न नपाउने प्रावधान राखेपछि जनप्रतिनिधिहरूले राजीनामा दिएका हुन् । राजीनामा गर्नेमा फरक फरक पार्टीका छन् ।४ जना वडा अध्यक्ष र ६ जना वडा सदस्यले राजिनामा दिएको गाउँपालिकाका सुचना अधिकृत कृष्णप्रसाद चौलागाईंले जानकारी दिए ।