पाँचथर । सत्ताधारी गठबन्धनमा सहभागी दलहरूबीच आसन्न स्थानीय तहको निर्वाचनका निम्ति पाँचथरमा सहमति नजिक पुगेका छन् ।
पाँचथरकाे एक नगरपालिका सहित सात गाउँपालिका माउठाउने प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारको भागबन्डामा सहमति नजिक पुगेकाे स्राेत बताएकाे छ ।
बिहिवार साँझ भएको सहमति अनुसार गठबन्धन नेतृत्वमा रहेको नेपाली कांग्रेस पार्टीकाे फिदिम नगरपालिककाे मेयर र छ वटा पालिकाकाे अध्यक्ष भागमा परेकाे छ ।
नेकपा माअाेबादि केन्द्रले एकपालिका अध्यक्ष ,फिदिम नगरपालिकाकाे उपमेयर र ४ पालिका उपाध्यक्ष पाउने भएकाे छ । नेकपा एकृकित समाजबादिकाे भागमा २ उपाध्यक्ष परेकाे छ । शिर्ष नेताहरू बिच सहमति भए पनि हस्ताक्षर हुन बाँकि छ ।
सहमति अनुसार नेपाली कांग्रेसले फिदिम नगरपालिककाे मेयर,फालेलुङ गाउँपालिकाे अध्यक्ष,याङवरक गाउँपालिकाकाे अध्यक्ष,हिलिहाङ,कुम्मायक,फाल्गुनन्द र तुम्बेवा गाउँपालिकाे अध्यक्ष पाउने छ । मिक्लाजुङ गाउँपालिकाे अध्यक्ष भने माअाेबादिकाे भागमा परेकाे छ ।
उपाध्यक्षमा कांग्रेसकाे भागमा मिक्लाजुङ परेकाे छ । माअाेबादिकाे भागमा फिदिम नगरपालिकाकाे उपमेयर, तुम्बेवा,याङवरक,फाल्गुनन्द र फालेलुङ काे उपाध्यक्ष परेकाे छ । कुम्मायक र हिलिहाङकाे उपाध्यक्ष नेकपा एकृकित समाजबादिकाे भागमा परेकाे छ ।
वडाहरूकाे भागवन्डा पनि सहमति नजिक पुगेकाे बताईएकाे छ ।