पाँचथर । नेपाल प्रेस युनियन पाँचथर शाखाकाे बार्षिक साधारणा सभा तथा पुरस्कार वितरण र भित्ते पात्राे विमोचन कार्यक्रममा केन्जोखबर डटकमका सह – सम्पादक दिपक बोहोरा सम्मानित भएका छन् । जिल्लामा लोकतान्त्रिक अभिव्यक्ती स्वतन्त्रताको पक्षमा कलम चलाएका चार पत्रकारलाई सम्मान सहित पुरस्कृत गरिएको हो ।
देउमान केरूङ स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका बोहोरा २०७१ साल हाम्रो खेलकुद डटकमाबाट पत्रकारिता शुरुगरेका हुन् । नेपाल खबरका पाँचथर सम्वाददाता रहेका बोहोरा खेलकुद डटकमका प्रदेश १ सम्वाददाता रहेका छन् । फिदिम टुडे दैनिक पत्रीका प्रकाशक रहेर २ बर्ष काम गरेका हुन् । हाल कारोवार दैनिकका पाँचथर सम्वाददाता रहेका बोहोरा केन्जोखबर डटकमका सह-सम्पादक हुन ।
बोहोरा सहित अन्य चारजना पुरस्कृत भएका हुन् । लामो समय इगल एफएममा कार्यक्रम प्रस्तोता रहेका संगीता सुहाङ र रमेश गुरुङ लाेकनाथ स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पाँचथर एफएमका कुमार खड्का र दिपक बोहोरा देउमान केरूङ स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
हरेक ढेढ बर्षमा बितरण गतिने उत्त पुरस्कार कोभिडको कारण हुन सकेको थिएन । पुरस्कृतलाई प्रमाण पत्र तथा नगद राशी १०/१० वितरण गरिएकाे हो ।
कार्यक्रममा प्रमुख अतिथी नेपाली काङ्रेसका सह – महामन्त्री भिष्मराज आङ्देम्बेले गरेका थिए । कार्यक्रममा नेपाल प्रेस युनियन केन्द्रीय कोषाध्यक्ष सरोज अधिकारी तथा झापा शाखा अध्यक्ष इन्दु पुर्बेलिको उपस्थिती थियो । कार्यक्रमको अध्यक्षता नेपाल प्रेस युनियन शाखा पाँचथरका अध्यक्ष जितेन्द्र भण्डारीले गरेका थिए ।