पाँचथर । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा पाँचथरमा १ लाख ४० हजार २ सय २४ जनाले मत हाल्न पाउने भएका छन् ।
निर्वाचन आयोगका अनुसार वैशाख ३० को निर्वाचनका लागि आइतबार बसेको आयोगको बैठकले अन्तिम नामावली टुङ्गो लगाएको हो । जस अनुसार पाँचथरमा १ लाख ४० हजार २ सय २४ जनाले मतदाता आगामी निर्वाचनमा सहभागी हुन पाउने भएका हुन् ।
जसमा ७३ हजार ५ सय ७३ जना पुरुष मतदाता छन् भने महिला मतदाताको संख्या ६६ हजार ६ सय ४८ जना रहेको छ ।
निर्वाचन आयोगका अनुसार फिदिम नगरपालीकामा नगरपालिकामा ३४००६ जना मतदाता रहेका छन् । यस्तै, कुम्मयक गाउँपालिकामा ११७८३,तुम्बेवा गाउँपालिकामा ९४६२,फालेलुङ गाउँपालिकामा १७१६४,फाल्गुनन्द गाँउपालिकामा १८५७६, मिक्लाजुङ गाउँपालिकामा १८५०७,याङवरक गाउँपालिका १४२०६ जना मतदाता रहेका छन् ।
हेर्नुहाेस कुन पालिकामा कति मतदाता