राम प्रसाद रेग्मी,
काठमाडौं । नेपालको अर्थतन्त्र समस्याग्रस्त अवस्थामा पुगेको भनेर अहिले दैनिक जस्तो चर्चाहुने गरेको छ । समग्रमा हेर्दा आयात ब्यापार निरन्तर बढदो र निर्यात आयातको तुलनामा नगन्य हुदै गएको देखिन्छ । सोही कारण ब्यापारघाटा दिनानुदिन बढीरहेको छ । बढदो ब्यापारघाटा र कोभिड महामारीले थलापरेको पर्यटन क्षेत्रका कारण बिदेशी बिनिमय संचिति समस्याग्रस्त अवस्थामा पुग्नेगरी संकुचित भैसकेको छ । सरकारी पँुजीगत खर्च सोचेअनुसार हुन सकेको छैन । बजारमा नगद प्रवाहमा समस्या आइ बैंकहरुसंग उत्पादनशील क्षेत्रमा लगानीयोग्य रकम अभाव भैसकेको छ । उत्पादनशिल उधोग ब्यापारमा आवस्यक रकम समेत अभाव भै यस्ता उधोगहरुले रीण समेत पाउन छोडेका छन । नगद रकम आकर्षित गर्न बैंकहरुबीच ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा सुरुभएको छ । रुस र युक्रेन युद्धले अन्तराष्टिय बजारमा नै पेट्रोलियम र तेलहन पदार्थको भारी मुल्यबृद्दि भएकोले महंगी दिनानुदिन अकल्पनिय रुपमा बढी रहेको छ । यसरी हेर्दा अहिले नेपालको अर्थतन्त्रमा यावत समस्यै समस्यामात्र देखिएका छन । यी समस्याहरु आउनुको कारण के हो ? र यस्ता समस्याहरुको समाधानका उपायहरु के हुन सक्छन ? यसै बिषयमा केन्द्रित भएर यो आलेख तयार गरिएको छ ।
समस्याका कारणहरु
नेपालको अर्थतन्त्रमा अहिले देखिएका समस्याहरु एक्कासी आएका होइनन । यी समस्या आउनुमा बिभिन्न कारणहरु छन । करिव दूई बर्षबढी देखि बिश्वब्यापी रपमा प्रभाव पारेको कोरोना महामारी र लकडाउन आदीका कारण तत्काल हाम्रो अर्थतन्त्र पनि संकुचित हुन पुगेको थियो । आन्तरिक उधोगधन्दा र ब्यापार ब्यवसाय समेत घटेका कारण कोरोना उपचार संग संवन्धित मालबस्तु ,दैनिक उपभोग्य बस्तु र अनिवार्य आवस्यक्ताका बस्तु बाहेक अन्य मालबस्तुको आयात समेत संकुचित भएको थियो । अहिले लकडाउनका कारण खुम्चिएका क्षेत्रमा एक्कासी खुला भै अर्थतन्त्रका सबैक्षेत्रमा खुला भएकोले उधोग, ब्यापार र उपभोग जस्ता सबैजसो क्षेत्रमा आकस्मिक रुपमा चहलपहल बढन पुगेको छ । हिजो बन्दप्राय रहेका आन्तरिक उत्पादनका उधोगधन्दाहरु अहिले नियमित चल्न थालेकाले त्यस्ता उधोगका कच्चा पदार्थ र उपभोगका लागी समेत एक्कासी आयात बढन पुगेको छ । महंगा र बिलासी सवारी साधनहरुको समेत आयात एक्कासी बढेको छ । बिद्युतिय सवारी साधन प्रयोगको लहर चलेको अवस्थामा पछि आन्तरिक रुपमा उर्जा प्रयोग भै इन्धन खपतमा बचत गराएपनि बिधुत्तिय सवारीसाधनको लागतमूल्य अन्य सवारीसाधन भन्दा बढी हुने हदा यस्ता साधनको पैठारी बढदा बिदेशी मुद्रा बढी पठाउनु पर्ने स्वभाविक हो । आयात बढेकोे तुलनामा हाम्रो आन्तरिक उत्पादन बढाउन सकिएको छैन । यसरी आन्तरिक उत्पादन खुम्चीएकोले निकासी ब्यापार पैठारीको तुलनामा नगन्यमात्र बढेको छ । आयात र आयातको मूल्य एक्कासी बढेको तर त्यही अनुसार निकासी बढन नसकेबाट बिदेशी बिनिमयमा चाप पर्नु स्वभाविक हो । कोरोना महामारीकै कारण होटल ब्यावसाय र पर्यटकिय गतिबिधि तथा आगमन समेत कम भएकोले पर्यटनबाट आउने बिदेशी बिनिमय स्वत घटन पुगको देखिन्छ । बैदेशिक रोजगारीमा जाने नेपालीहरु समेत महामारीका बेला कम गएका र गएकाले समेत काममा संकुचन आउदा नियमित जस्तो प्रयाप्त मात्रामा बिदेशी मुद्रा पठाउन नसक्दा रेमिट्रयान्स रकम समेत घटेको छ । डिजिटल करेन्सी र सामाजिक संजालमा हुने अबैध विज्ञापनमा जाने गैरकानूनी रकमका कारण बिदेशी मुद्रा अपचलन तथा हुण्डी बढेको छ । संसद बिघटन र पुनस्थापनाको खेल र बजेट परीमार्जन तथा राजनैतिक अस्थिरताका कारण सरकारी खर्च समयमा र प्रर्याप्त हुन सकेको छैन । आयात बढदा आन्तरिक बजारमा ब्यापार ब्यावसाय समेत बढेको र सोबाट संकलित राजस्व सरकारी ढिकुटीमा थुप्रिने तर सरकारी खर्च भने प्रर्याप्त हुन नसक्दा बजारमा नगद अभाव भै संकुचन आएको हो । कोभिडबाट शिथिल भएको अर्थतन्त्र यसरी एक्कासी चलमलाउदा अनुत्पादक क्षेत्र भनेर चिनिने घरजग्गा, उपभोगका बिलासी तथा महंगा बस्तुहरु र महंगा तथा बिलासी सवारी साघन लगायतमा लगानीको माग बढेकोले उत्पादनशील क्षेत्रमा लगानीयोग्य रकमको अभाव जस्तो देखिएको हो । स्थानीय निकायको आउन लागेको चुनावमा खर्च गर्नका लागी गैरकानुनी रुपमा आर्जित रकम अदृश्यरुपमा घरमै केहीसंचित गरेर राखिएको आशंका समेत गरिएको छ । यसरी लगानीका लागी एक्कासी बजारमा रकमको उच्च माग रहेको अवस्थामा बजारमा नगद रकम अभाव भएकोले त्यस्तो नगद आकर्षण गर्न बैंकहरु बीच ब्याजदरमा केही अस्वस्थ प्रतिस्पर्धा देखिएको छ । बजारमा रकम अभाव भएका बेलामा बिदेशी मुद्राको संचितिका लागी आयात निरुत्साहीत गर्न राष्ट्र बैंकबाट आयातमा मार्जिन सहितको प्रतितपत्र अनिवार्य गरेबाट आयातमा समेत लागत बढेको छ । रुस युक्रेन युद्धका कारण त्यहाका उत्पादनहरु तेलहन तोरी ,सूर्यमुखि र गहु जस्ता खाध्यान्नको विश्वब्यापीरुपमा मुल्य बढेको छ । त्यसैगरि अन्तराष्ट्रीय बजारमा समग्र प्रेटोलियम पदार्थको मूल्य बढेका कारण नेपालमा समेत मूल्य बढाउनु परेको र त्यसबाट ढुवानी भाडा समेत बढन गै बजार मूल्यसमेत बढन पुगेको छ । अहिले नेपालको अर्थतन्त्रमा देखिएका मुख्य समस्याका कारणहरु प्राय यीनै हुन ।
समस्या समाधानका उपायहरु
समस्याको कारण संगै समाधानका उपायहरु समेत हुन्छन । नेपालको अर्थतन्त्रमा अहिले देखिएका समस्याहरु पनि समाधानै हुन नसक्ने खालका हैनन् । अमm आगामी आर्थिक बर्षको बजेट तयारीको क्रममा रहेकोले यावत समस्याहरु सृजना हुनुको यथार्थ कारणहरु पहिचान गरेर त्यसको समयमै समाधानका लागी बजेट बक्तब्यबाटै उपयुक्त कदम चाल्न सकिन्छ । अहिले आर्थिक क्षेत्रमा देखिएको मुख्य समस्याको समाधान गर्न बिदेशी मुद्राको संचिति बढाउनु र बजारमा प्रर्याप्त नगद प्रवाह बढाइ लगानीयोग्य रकमको अभाव हुन नदिनु नै समस्या समाधानको प्रमुख उपाय हो । यसका लागी बिदेशी मुद्राको संचितिमा सुधार नहुन्जेल आयातमा नियन्त्रण गर्नु अति जरुरी भएको छ । सबभन्दा पहिले नेपालमा आयात नगर्दा असर नपर्ने महंगा,अनाबस्यक र बिलाशी बस्तुहरुको पहिचान गरी बाणीज्य मन्त्रालयबाट सूचना निकालेर त्यस्ता मालबस्तुहरुमा अस्थायी रुपमा केही समय प्रतिबन्ध लगाएर आयात पूर्णरुपमा नै बन्द गर्न सकिन्छ । आन्तरिक उत्पादन बढाउने उत्पादनशील उधोगका आवस्यक कच्चा पदार्थ र दैनिक आवस्यकता तथा नेपालमा उत्पादन नहुने मालबस्तु र आयात निरुत्साहीत गर्ने मालबस्तुहरुको आयातमा भने नीतिगत रुपमा नै प्रोत्साहन गरि सहजीकरण गर्नु जरुरी छ । जसबाट आन्तरिक उत्पादन बढने र आयात स्वत निरुत्साहीत हुदै जाने हुन्छ । निकाशीमुलक उधोगलाइ प्रोत्साहन गरि कच्चा पदार्थको आयात समेत सहज बनाइ अन्य सुबिधाहरु समेत दिएर आवस्यक संरक्षण गर्नुपर्दछ । कोरोना महामारी अव क्रमश कम हुदै गएकाले पर्यटकहरुलाई तुरुन्त आकर्षण गर्ने गरि पर्यटकिय गतिबिधि बढाउनु पर्दछ । बैदेशिक रोजगारीमा रहेका समस्याहरु समाधान गरी श्रमिकहरुमा दक्षता बढाइ त्यस्ता श्रमिकहरु मात्र पठाउने नीति लिनु प्रभावकारी हुनेछ । यसरी गएका श्रमिकहरुले आर्जन गरेको रकम बैधानिक बाटोबाट पठाउन नीतिगत रुपमै प्रोत्साहन र सहजीकरण गर्न सकिन्छ । गैरकानूनी डिजिटल करेन्सीको कारोवार, सामाजिक संजालमा हुने बिज्ञापन र त्यसको भूक्तानीमा निगरानी बढाउने र हुण्डी लगायतका गैरकानूनी कारोवारलाइ उपयूक्त कानूनी ब्यवस्था गरि पूर्णरुपमा निरुत्साहीत गर्न पनि जरुरी भएको छ । बिदेशी बिनिमय (नियमित गर्ने) ऐन २०१९लाइ समसामयिक बनाइ यस्तो मुद्राको अपचलनमा कडा कारबाही गर्ने र बजारमा नगद प्रवाह बढाउन सरकारी खर्च बढाउनु नै अहिलेको प्रमुख बिकल्प हो । सरकारी ढिकुटीमा राजस्वको रुपमा थन्किएर रहेको रकम बिकाश निर्माणका कार्यमा हुने खर्चको माध्यमबाट बजारमा निक्षेपण हुने सामान्य नियम हो । अहिले सरकारी खर्च सोचेअनुसार समयमा हुन नसकेर पनि यस्तो समस्या आएको देखिन्छ । अहिले बंैकिग क्षेत्रभन्दा सहकारीबाट बढी नगद कारोवार हुने र गैरकानूनी आर्जन लुकाउन र हुण्डी लगायतको कारोवार अत्याधिक मात्रामा सहकारीको माध्यमबाट बढेकोले त्यसक्षेत्रमा निस्क्रीय राखी नगद लुकाउने प्रचलन बढेको देखिदा यतातर्फ समेत निगरानी बढाउन जरुरी भैसकेको छ । लगानीयोग्य रकमको अभाव हटाउन अर्थतन्त्रमा अनुत्पादक देखिएका क्षेत्रमा लगानी घटाइ त्यस्ता अनाबस्यक र अनुत्पादक क्षेत्रमा लगानी गर्न निरुत्साहीत गर्नसक्नु पर्दछ । जस्तो बिलासी मालबस्तुहरु र महगा सवारी साधनहरुको आयात र खरिद, घरजग्गाको खरिद बिक्रि जस्ता क्षेत्रमा अर्थतन्त्र सामान्य अवस्थामा नआउन्जेल र बजारमा लगानीयोग्य रकम पर्याप्त नहुन्जेल केही समयका लागी लगानी निरुत्साहीत गर्न सकिन्छ । अनाबस्यक रुपमा मूल्य बढन नदिन बजार अनुगमन प्रभावकारी बनाइ नियन्त्रणमा बिशेश ध्यान दिनु पर्दछ । यसरी उल्लेखित कदमहरु चाल्न सकेमा अहिले नेपालको अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान हुदै जानेछन र दीर्घकालमा यस्ता समस्याहरुनै हाम्रा अर्थतन्त्र सुधारका माध्यम पनि बन्न सक्नेछन ।
अन्त्यमा
कोभिड महामारीका कारण संकुचित हुन पुगेको नेपालको अर्थतन्त्रमा एक्कासी चलायमान हुदा अहिले केही चाप परेको स्वभाविक हो । आयात बढने, निकासी घटने र पर्यटकिय गतिविधि र बैदेशिक रोजगारीमा समेत संकुचन आउदा अहिले बिदेशी मुद्राको संकुचन देखिएको छ । उपभोग र बिलासी बस्तुहरुको खरिद तथा घरजग्गा र महंगा सवारी साधनहरुको आयात र खपत बढेका कारण उत्पादनशील क्षेत्रमा लगानीयोग्य रकमको अभाव देखिनु स्वभाविक हो । यस्तो प्रबृती लामो समय नरहने हुदा अहिलेनै आत्तीइ हाल्नुपर्ने अवस्था आएको छैन । तर यसको समयमै उचित ब्यवस्थापन गर्न सकिएन भने भोली बिकराल समस्या नआउला भन्न पनि सकिदैन । तसर्थ तत्काल बिदेशी मुद्राको संकुचन घटाइ मौज्दात बढाउन अनाबस्यक र बिलासीबस्तुहरुको केहीसमय आयात रोक्न सकिन्छ । त्यस्तै अनाबस्यक र अनुत्पादक तथा बिलाशी बस्तुहरुको आयात र कारोवारमा हुने लगानी बन्द गरी उत्पादनशील क्षेत्रमा लगानी गर्ने नगद प्रवाह बढाउन सकिन्छ । प्रभावकारी रुपले बजार अनुगमन गरि अनावस्यक र कृतिमरुपमा सृजना हुन पुगेको मंहगी नियन्त्रण गर्न सकिनछ । तर देशमा आउन सक्ने यावत आर्थिक समस्याको समाधानका लागी हाम्रा नीति निर्माताहरुको बेलैमा ध्यान पुग्नु र विशेष गरि आगामी आर्थिक बर्षको बजेट निर्माणको क्रममा भने यसतर्फ विशेस ध्यान दिनु भने जरुरी भैसकेको छ ।