पाँचथर । पाँचथर क्लब पाँचथरले ५ औँ संस्करणको पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी आय व्यय सार्वजनिक गरिएको हो । क्लबले प्रतियोगिता सकिएको झण्डै ३ महिनापछि हिसाब सार्वजनीक गरेको हो ।
क्लबले ६० लाख ४९ हजार ४ सय ९ रुपौँया आम्दानी र ६० लाख ४९ हजार ६० रुपाँैयाको खर्च हिसाब देखाएको छ ।
गत फाल्गुन २४ देखि चैत्र २ गतेसम्म सञ्चालन भएको प्रतियोगिताबाट जम्मा ६० लाख ४९ हजार ४ सय ५ रुपैँया आम्दानी भएको क्लबले जनाएको छ । जसमा ६० लाख ४९ हजार ६० रुपैँया खर्च भएको क्लबले जनाएको छ । २ लाख ८० हजार रुपैँया तिर्न बाँकी रहेको क्लबले जनाएको छ ।
कबुल गरेको ७ लाख ९२ हजार रुपैँया उठन बाँकी रहेको क्लबले जनाएको छ । उठ्न बाँकी रहेको रकम उठ्दा र तिर्न बाँकी रहेको रकम तिर्दा पनि क्लबलाई ५ लाख १२ हजार नाफा रहने तुम्रोकले बताए ।