पाँचथर । फिदिममा शनिबार सम्पन्न सातौं संस्करणको सुम्हात्लुङ मिनि म्याराथनको उपाधि पूरुषतर्फ पाँचथरका प्रताप लिम्बू र महिलातर्फ पाँचथरकै पुष्पा शेर्मा लिम्बूले जितेका छन् ॥
मिनि म्याराथनमा निर्धारित नौ किलोमिटरको दूरी २६ मिनेट ३० सेकेण्डमा पार गर्दै फिदिम नगरपालिका–१० पाँचथरका प्रताप विजेता बने । उनले नगद ३० हजार रुपैंयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे। २७ मिनेटमा निर्धारित दूरी पार गरेका मैवाखोला गाउँपालिका–६ ताप्लेजुङका अमिर तेङबुङ द्वितीय भए । नगद २० हजार रुपैंयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे। २७ मिनेट दश सेकेण्डमा निर्धारित दूरी पार गरेका राजविराज–१२ सप्तरीका अजित कुमार यादव त्रितीय बने। उनले नगद दश हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे।
त्यस्त,ै महिलातर्फ मिक्लाजुङ गाउँपालिका–२ पाँचथरकी पुष्पा शेर्माले उपाधि जितिन्. उनले नगद १५ हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरिन्. महिलातर्फ द्वितीय भएकी खाँदबारी नगरपालिका–२ संखुवासभाकी नुनकला राईले नगद दश हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै त्रितीय भएकी फिदिम नगरपालिका–१ पाँचथरकी सबिता राईले नगद पाँच हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरिन्.