पाँचथर । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु-१९र यु-१६ च्याम्पियनसिपका लागि खुल्ला छनोटबाट टोली निर्माण गर्ने भए संगै जिल्ला फुटबल संघ पाँचथरले जिल्लामा रहेका यू-१९ र यू-१६ महिला खेलाडी छनोट गर्ने भएको छ ।
एन्फाले बुधबार आफ्ना जिल्ला संघलाई पत्र काट्दै यु-१९ का लागि पुस १ देखि ६ तथा यु-१६ का लागि पुस ७ देखि १२ सम्म खेलाडी छनोट गरिसक्न आग्रह गरे संगै फुटबल संघ पाँचथरले यु-१९ को छनोट पुस ५ गते र यु-१६ को छनोट पुस ८ गते फिदिम माबिको खेल मैदानमा आयाेजना गर्ने जिल्ला फुबट संघ पाँचथरका अध्यक्ष गणेश राईले केन्जोखबरलाई जानकारी दिए । जिल्लामा छनोट भएका खेलाडीहरुले दोस्रो चरणको छनोट प्रदेशबाट तथा अन्तिम चरणको छनोट काठमाण्डाैंमा सहभागि भइ छनोट हुने सके राष्ट्रिय टोलीमा पर्ने राईले बताए ।
बिहिबार विज्ञाप्ति जारी गर्दै संघले छनोटमा सहभागि हुन आउन खेलाडीले जन्मदर्ताको प्रमाण पत्र अनिर्वाय ल्याउनु पर्ने, सहभागिता खर्च सबै खेलाडीले व्यहोर्नु पर्ने जनाएको छ । यु-१९ मा विसं २०६२ पुस १७ देखि २०६५ पुस १६ तथा यु-१६ मा २०६५ पुस १७ देखि २०६८ पुस १६ गतेसम्म जन्ममिति भएका खेलाडी सहभागी हुन पाउनेछन् ।
महिला साफ यु-१९ च्याम्पियनसिप आगामी माघ १८ देखि १८ र यु-१६ च्याम्पियनसिप फागुन १८ देखि २८ सम्म हुनेछ ।