पाँचथर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव ढुङ्गानाले सरकारको नेतृत्व गरिरहेको गठबन्ध संसद जोगाउनको लागी मात्र बनेको जिकिर गरेका छन्।
“घरघर जाऔँ काँग्रेस जिताऊँ” अभियानकालागी नेपाली काँग्रेसको केन्द्रीय प्रतिनिधिको रूपमा पाँचथर आएका ढुङ्गानाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा वलीले संसदको अस्थित्वनै समाप्त पार्न खोजेकाले अहिलेको गठबन्ध बन्न पुगेको बताए । शनिबार सदरमुकाम फिदिममा प्रेस युनियन पाँचथरले गरेको पत्रकार सम्मेलनमा नेता ढुङ्गानाले कांग्रेसलाई चुनाब जित्नको लागी गठबन्ध आवश्यक नपर्ने बताएका हुन् ।
‘यो गठबन्धन संसद जोगाउन मात्र बनेको हो ,’ ढुंगानाले भने ‘चुनाबी भागबन्डा मिलाउनको लागी कांग्रेसलाई गठबन्धन आवश्यक छैन् । हामी कोही सँग तालमेल गर्दैनौँ ।’