पाँचथर– नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको उपमहासचिव इलामकी मनीषा अधिकारी भएकी छन् ।असन्तुष्ट पक्षले नरेश न्यौपाने अध्यक्ष र प्रकाश श्रेष्ठ महासचिव रहेको पदाधिकारीसहित नयाँ केन्द्रीय कमिटी घोषणा गरेको थियो । यही समितिकाे उपमहासचिव अधिकारी भएकी हुन् ।
इलाममा लामाे सयम अखिलको राजनीति गरेकी अधिकारी अहिले काठमाण्डाैँमा छिन् । अतिरिक्त क्रियाकलापमा पनि सक्रिय छन् । यसअघि गत माघमा महेश श्रेष्ठको नेतृत्वमा घोषणा भएको अनेरास्ववियूकाे नेतृत्वप्रति असहमति जनाउँदै न्यौपाने समूहले समानान्तर कमिटी गठन गरी घोषणा गरेको हो ।