पाँचथर । मोफसलको चर्चित गोल्डकप झापा गोल्डकपको पाँचौ संस्करण आजबाट सुरु हुँदै छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज पूर्व प्रधानमन्त्री तथा नेकपा एमालले का अध्यक्ष केपी शर्मा ओलीले झापा गोल्डकपको पाँचौ संस्करण उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
आज हुने उद्धघाटन खेलमा ए डिभिजन क्लबहरु भिड्न लागेका हुन् । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा दिनको २ बजे ललिपुरे टोलीसातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबले खेल्दै पाँचै झापा गोल्डकपको उद्घाटन गर्ने छन् । घरेलु फुटबलका स्थापित क्लबलाई पछि पार्दै अंक तालिकाको चौंथो स्थानमा रहेर सातदोबाटोले लिगको अन्त्य गरेको थियो । भर्खर सकिएको ‘ए डिभिजन लिगमा सनसनीपूणर् प्रदर्शन गर्दै चौथो स्थानमा लिग सम्पन्न गरेको सात दोबाटो युथ क्लब र नवौं स्थानमा लिग सम्पन्न गरेको जावलाखेल युथ क्लब लिग पछाडी पहिलो पटक आम्ने साम्ने हुन लागेका हुन् ।
झापा गोल्डकपको पाँचौं संस्करणलाई विशेष बनाउन आयोजक लागी परेको आयोजक संस्थाका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार पाँचौ संस्करण अरु संस्करण भन्दा केहि विशेष हुने जाकारी दिए ।
दर्शको सुविधाको लगाी १० हजार दर्शक बस्न मिल्नेगरी बाँसको प्यारापिट निर्माण भएको आयोजकले जानकारी दिएका छन् ।
आजबाट सुरु हुने झापा गोल्डकपमा झापा-११सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ, थ्री स्टार, संकटा, सातदोबाटो र जावलाखेल युथ क्लब सहभागी छन् । भारतीय टिम एम एफसी दार्जीलिङ र आरपी एफसी सिक्किमले पनि पाँचौं संस्करणको झापा गोल्डकप खेल्ने छन् ।
गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपबिजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउँनेछन् । पाँचौं संस्करणको झापा गोल्डकपमा प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९ सय ९९ रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले बताएका छन् । प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन्
उच्च गोलकर्तालाई नगद २५ हजार प्राप्त गर्ने छ ।