इलाम । युनाइटेड देउमाई युथ क्लब मंगलबारेको आयोजनामा जारी देउमाई गोल्डकपको फाइनल प्रबेशको लागी आज पाँचथर फिदिम स्पोटिङ क्लब र इलामको भेनस एफसी फिक्कलबीच प्रतिपर्धा हुदै छ ।
उपाधिको दाबेदार मानिएको मोरङको डाँगीहाट एफसी लाई हराउदै फिदिम स्पोटिङ क्लब सेमिफाइनल प्रबेश गरेको थियो । उता स्पर्धी गुनमुने स्पोर्टिङ क्लबलाई हराउदै इलामको भेनस एफसी फिक्कल सेमिफाइलन प्रबेश गरेको थियो । यि दुई बिचको विजेताले फाइनलमा हेलिबोथ एफसी बिब्ल्याँटे संग भिड्ने छन् ।
जारी प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १ लाख र ट्रफी पाउनेछ ।
आजको सेमिफाइनल खेल स्थानीय भानुभक्त माविको छात्रावास खेलमैदानमा दिउसो २ बजे हुनेछ ।