पाँचथर । सय रुपौँयामा पढाइ हुने समता स्कुल फिदिमले आफ्नै भवन निर्माण सुरु गरेको छ । फिदिम नगरपालीका २ पल्लोटारमा हाल कक्षा ५ सम्म्म पठन-पाठन गराईरहेको स्कलले भवन निर्माण सुरु गरेको छ । १५ वर्षको लागी जग्गा भाडामा लिएर समताले स्कलले भवन निर्माण सुरु गरेको हो । आइतबार फिदिम नगरपालिका मेयर ओनाहाङ नेम्बाङले भवनको सिल्यान्यास गरेका हुन् ।
लामो समय भाडामा लिएर बिद्यालय चलाउदा बिद्यार्थीहरुको पढन-पाढन साथै व्यवस्थापना गर्न सास्ती खेप्नु परेको समता स्कुल फिदिमका व्यवस्थापन समितीका अध्यक्ष श्याम पराजुलीले बताए । नवनिर्मत भवन १२ कोठाको २ वटा भवन निर्माण हुने पराजुलीले बताए । अब आउने शैक्षिकसत्र देखि आफ्नै भवनमा पठन-पाठन सुरु गर्ने तयारी गरेको छ । निर्माणधिन स्कुलले १२ कोठे बराबरको भवन निर्माण गर्न लागेको छ । भवनको निर्माण कार्य समयमै सकिएमा आउने आर्थिक वर्ष देखी आफ्नै नयाँ भवनमा पठन-पाठन सुरु गर्ने पराजुलीले बताए ।
आर्थिक संकटकै कारण समयमा स्कुललाई व्यवस्थित र चलाएमान बनाउन नसकेको पराजुलीको भनाई छ । तर नवनिर्मित भवन भने समुदायमा सहयोग जुटाएर र समतास्कुलको केन्द्रबाट १५ लाख सहयोग प्राप्त हुने भए पछि स्कुलकोे भवन निर्माण कार्य सुरु गरीएको पराजुलीले बताए । हाल समता स्कुललले पठनपाठनको लागि ११ वटा कोठा भाडामा लिएर पठन पाठन गरिरहेको विद्यालयकाकि प्रन्सिीपल बिनु शेर्पाले बताइन ।
हाल ३२० जना बिद्याथी समता स्कुलमा अध्यानरत छन् ।