दिपक बाेहाेरा । हिलिहाङ गाउँपालिका साबिकका अमरपुर, पञ्चमी, सुभाङ र भारपा गा.वि.स.हरु मिलेर बनेको पालिका हो । सामाजिक तथा सांस्कृतिक ऐतिहासिक पहिचानको सम्मान गर्दै यस गाउँपालिकाको नाम हिलिहाङ नामाकरण गरिएको हो । जोरपोखरी, आगेजुङ्ग गुम्बा, हिलिहाङ दरबार परिसर, मिलुङ (मृदुङ्गा) झरना, डोप्किले सानोपाथिभरा आदि यस गाउँपालिकाको पर्यटकिय स्थलहरु हुन् ।
हिलिहाङ गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको थियो । हिलिहाङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ७ वटै वडा एमाले जितेको थियो ।तर, वडा नम्बर ७ का वडाध्यक्ष तिर्थराज तिम्सिनाको निधन भएपछि २०७६ सालमा उपनिर्वाचन भएको थियो । उक्त उपनिर्वाचनमा नेपाली कांग्रेसका तिलबिक्रम इघिङगो निर्वाचित हुँदै हिलिहाङमा कांग्रेसको तर्फबाट खाता खोलेका थिए ।
हिलिहाङ गाउँपालिकामा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षमा भुवानीप्रसाद लिङदेनले ४ हजार १ सय ६९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका समरबहादुर अधिकारीले ३ हजार ४ सय ४ मत ल्याएका थिए । नेकपा माओबादी केन्द्रका रविन तिम्सिनाले ३ सय ९३ मत ल्याएका थिए । अन्य उम्मेद्धारहरुले ४ सय मत ल्याउन सकेन्न ।
यस्तै, उपप्रमुख तर्फ नेकपा एमालेकी उम्मेदवार सुमित्रा सेढाइले ४ हजार २ सय ५५ मत ल्याएर विजयी भएकी थिइन् । उनको प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी तारा योङहाङले ३ हजार २ सय १९ मत प्राप्त गरेकी थिइन् । यस्तै, नेकपा माओबादी केन्द्रकी एलिसा वाग्लेले ४ सय ७२ मत ल्याएकी थिइन् ।
हिलिहाङ गाउँपालिकामा रहेका ७ वडा मध्ये सबै वडामा नेकपा एमालले जीत हासिल गरेको थियो । २०७४ सालको निर्वाचनमा हिहिहाङ गाँउपालिकामा नेकपा एमालेले क्लिनस्विपनै गरेको थियो । तर, वडा नम्बर ७ का वडाध्यक्ष तिर्थराज तिम्सिनाको निधन भए छि २०७६ सालमा भएको उपनिर्वाचन कांग्रेसका तिलबिक्रम इदिङगो निर्वाचित हुँदै हिलिहाङमा कांग्रेसको तर्फबाट खाता खोलेका थिए ।
हिलिहाङ वडा नम्बर ४ का वडाध्यक्ष श्रीप्रसाद सिगूको उपचारको क्रममा निधन भएको थियो । तर, उक्त वडामा उपनिर्वाचन भएको छैन ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा हिलिहाङ गाउँपालिका अन्तर्गत रहेका वडाहरूमा निर्वाचन परिणामको अवस्था यस्तो थियो :
वडा नं. १ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका गोपीकृष्ण भण्डारी : ५ सय ५२ मत
नेपाली कांग्रेसका कैलासमान लिङदेन : ५ सय ३२ मत
नेकपा माओबादी केन्द्रकी झनमाया श्रेष्ठ : २५ मत
वडा नं. २ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका भिमप्रसाद हेम्ब्या : ५ सय २७ मत
कांग्रेसका हरिकेशर खत्री : ३ सय ८२ मत
माओबादी केन्द्रका मदनकुमार भट्टराई : ३ सय ४६ मत
वडा नंं. ३ ः
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका मदन गौतम : ४ सय ८९ मत
नेपाली कांग्रेसका देउकुमार योङहाङ : २ सय ४२ मत
राप्रपाका कृष्णबहादुर योङहाङ : १ सय ३२ मत
वडा नं. ४ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका श्रीप्रसाद सिगू : ५ सय ३८ मत
नेपाली कांग्रेसका टेकराज योङहाङ : ४ सय २६ मत
माओबादी केन्द्रका केदारनाथ गिरी : २४ मत
वडा नं. ५ :
नेकपा एमालेका लक्ष्मीप्रसाद सुहाङ ७ सय ६ मत ल्याएर विजयी
नेपाली कांग्रेसका तिलकप्रसाद सुहाङ : ५ सय २३ मत
राप्रपाका मानबहादुर योङहाङ : १ सय ३४ मत
वडा नं. ६ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका कृष्णबहादुर लिम्बू : ६ सय १८ मत
नेपाली कांग्रेसका गणेशप्रसाद योङहाङ : ५ सय ४३ मत
संघिय समाजबादी फोरमका धनसिं हाङसुरुम्बा : १ सय २९ मत
वडा नं. ७ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका तिर्थराज तिम्सिना : ७ सय १९ मत
नेपाली कांग्रेसका डिल्लिप्रसाद सुबेदी : ४ सय ९९ मत
संघिय समाजबादी फोरमका धिरेन्द्र योक्पाङदेन : ४२ मत
उपनिर्वाचन २०७६
वडा अध्यक्ष निर्वाचित नेपाली कांग्रेसका तिलबिक्रम इघिङगो : ८ सय ४२ मत
नेकपाका गेहनाथ रिजाल : ८ सय १२ मत